Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री रामबाहदुर थापाका छोरा प्रतीक थापा पक्राउ


नया सडक

२०८१, असार १५ शनिबार

  • 519
    Shares

  • नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री रामबाहदुर थापाका छोरा प्रतीक थापा पक्राउ

    काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई हिजो बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गएको वर्ष सरकारी वकिलको कार्यालय काठमाण्डौले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

    बाबु रामबहादुर थापा गृहमन्त्री भएका बेला विचौलिया र गृह मन्त्रालयकै कर्मचारीसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । अघिल्लो वर्ष चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार भएका थिए ।

    प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट एक करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना थुनामा छन्।नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा भएका थिए। त्यस्तै कांग्रेस नेता आङटावा शेर्पा र गोविन्द चौधरी पनि ३० लाख र १० लाख धरौटीमा रिहा भएका थिए। 

    प्रतिक्रिया दिनुहोस