Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

एभरेष्ट बैंकद्वारा  ३ अर्बको ऋणपत्र निष्काशन गर्ने घोषणा  , बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त


नया सडक

२०८१, असार १६ आइतबार

  • 516
    Shares

  • एभरेष्ट बैंकद्वारा  ३ अर्बको ऋणपत्र निष्काशन गर्ने घोषणा  , बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

    काठमाडौं ।  एभरेष्ट बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने  घोषणा गरी  बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

    प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने  गरी  बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो ।

    बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने गरिने छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने  छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

    उक्त सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

    प्रतिक्रिया दिनुहोस