Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु


नया सडक

२०८१, असार २० बिहीबार

  • 450
    Shares

  • धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
     
    गोदार । धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । 
     
    दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिनुभयो । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । 
     
    बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस