काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज ९असार २१ गते० बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।