Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्   असार २४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, असार २४ सोमबार

  • 420
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्   असार २४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असार २४ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटल को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीले जनाएको छ ।  ‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैङ्कले लगानी गर्नुहुँदैन’
    काठमाडौँ । विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैङ्कले लगानी गर्दा स्वदेशी परियोजना मर्कामा परेका सरोकार भएकाहरूले बताएका छन् । 
    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपाल पूर्वाधार पत्रकार समाज (सिज)सँगको सहकार्यमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले विदेशी लगानीका आयोजनामा नेपालका बैङ्कले लगानी गर्दा स्वदेशी आयोजना समस्यामा परेको दाबी गर्नुभयो । 
    उहाँले विदेशी परियोजनामा पुँजी पनि विदेशबाटै ल्याउनुपर्ने धारणा राख्नुभयो । “बैङ्कहरूले निश्चित सीमामा रहेर ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरेका हुन्छन्, यस्तोमा त्यो लगानी विदेशी लगानीका आयोजनामा जाने हो भने निजी क्षेत्रका परियोजनाले कर्जा नै नपाउने अवस्था रहन्छ । त्यसैले विदेशी लगानीमा निर्माण हुने आयोजनामा पुँजी पनि विदेशबाट ल्याउनुपर्छ”, अध्यक्ष कार्कीले भन्नुभयो ।

    समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभएको बैठकपछि समितिका सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

     
    पहिरोको कारण बाराही हाइड्रोपावरको आयोजनाबाट विद्युत उत्पादन बन्द

    काठमाडौं ।  बाराही हाइड्रोपावरले सञ्चालन गर्दै आएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।  

     

     

    लगातारको वर्षाका कारण असार २२ गते खसेको पहिरोले १.५ मेगावाट क्षमताको आयोजनाको इन्टेक र ग्राभेल ट्यापको बीचको संरचना क्षति पुर्याएको र विद्युत गृहमा पानी पठाउने बाटो अवरुद्ध भएकोले असार २२ गतेबाटै विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ ।

    यस आयोजना बागलुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको कुश्मीसेरास्थित ठेउले खोलामा सञ्चालन रहेको छ ।

    प्रतिनिधिसभा बैठकः लगानी सहजीकरणसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकार

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरेको छ ।

     

    आजको बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथि भएको छलफलपछि बहुमतले राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरी पारित भएको हो ।   

    शेयर बजार : नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा , ४ अर्ब ५६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा आएको छ । आज ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहका सूचकमात्र बढेका छन् । 

    यस दिन ३२४ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा २८ करोड ७० लाख रुपैयाँभन्दा बढीसहित एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र सीइडीबी हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

    एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

    चितवन । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।  हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा  हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट  सञ्चालन गर्दै आउनुभएको छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

    तेजावी सुनको भाउ तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १८ सय ९० रुपैयाँ कायम रहेको छ ।

    भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान, आजै राष्ट्रपति पुटिनलाई भेट्नुहुने

    नयाँदिल्ली ।प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको  छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गर्नुभएको हो ।  

    भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री नरेन्द्र मोदी रूस र अस्ट्रियाको भ्रमणमा जानुभएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार भ्रमणको पहिलो चरणमा २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागितालगायत आवश्वक गतिबिधि बढाउने अवसरको साझेदारी बन्नेछ । 

    रूसको भ्रमणपछि, प्रधानमन्त्री मोदी जुलाई ९ र १० मा अस्ट्रियाको  ऐतिहासिक भ्रमणमा रहनुहुनेछ । यो भारतीय प्रधानमन्त्रीको ४१ वर्षपछिको अस्ट्रिया भ्रमण हो ।

    एक करोड ८९ लाखको सामान बरामद

    वीरगञ्ज । पर्सा प्रहरीले बिनाबिलको रु एक करोड ८९ लाख पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो । 

     

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो । 

     

    प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो  समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।

    कर छली गरिएको एक करोड उनान्बे लाख बढी बराबर मालवस्तु राजस्व अनुसन्धान कार्याल पथलैया बुझाइयो

    वीरगञ्ज । पर्सा प्रहरीले कर छली गरी ल्याएको एक करोड बढीको मालवस्तुसहित ट्रकहरू नियन्त्रण लिएको छ ।एक करोड उनान्वे लाख पचास हजार ६ सय बाइस बराबरको हार्डवेयर लगायतका मालवस्तुहरू लोड रहेका  ट्रकहरू पर्सा प्रहरीको एक टोलीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी पर्साले नियन्त्रणमा लिइएको ट्रकसहितको मालवस्तु राजस्व अनुसन्धान विभाग पथलैया बुझाइएको सार्वजनिक गरेको छ । 
    जिल्ला प्रहरी पर्साले  सार्वजनि गरेको विज्ञप्ति अनुसार विशेष सूचनाको आधारमा त्यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मालवस्तुहरू  नियन्त्रणमा लिएको हो । सो विज्ञप्तिमा भनिएको छ ।‘ अ.मु.रू. १,८९,५०,६२२।– ( एक करोड उनान्वे लाख पचास हजार छ सय बाइस) बराबरको हार्डवेयर लगायतका सामानहरू आवश्यक कारवाहीको लागि मिति २०८१।०३।२४ गते निम्न कार्यालयहरूमा बुझाइएको ।’

    पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै

     काठमाडौँ । असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन्  । उनीहरू एकै श्वरमा भन्छन्,  “विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो, जसले हाम्रो पदोन्नति र वृत्ति विकास भएन ।”

      सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि  मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ । त्यहाँ धर्ना दिइरहेका कर्मचारी दैनिक दुई घन्टा यसरी नै समय कटाइरहेका छन् । कृषिप्रधान मुलुकमा असार मानो रोपेर मुरी उब्जाउन व्यस्त रहने तथा कर्मचारी वर्षभरको कामको हरहिसाब समीक्षामा खटिनुपर्ने समय हो ।

     
     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस