काठमाडौँ । आज नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा आएको छ । आज ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा बढीले बढेको छ । दोस्रोमा विकास बैंक समूहमा उत्साह आएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३१६ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा आएको छ । आज दोस्रोमा नेपाल फाइनान्स र तेस्रोमा जानकी फाइनान्स परेका छन् ।