Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा , अर्को बैठक असार २७ गते


नया सडक

२०८१, असार २५ मंगलबार

  • 408
    Shares

  • जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा , अर्को बैठक असार २७ गते

     

    काठमाडौ ।  प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

     

    आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० का तर्फबाट सिँचाई मन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ पनि पेस गर्नुभयो । 

     

    बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभारसम्बन्धी र विधेयक प्रमाणिकरणसम्बन्धी पत्र पढेर सुनाइको थियो । 

     

    प्रतिनिधिसभाको अर्को बैठक यही असार २७ गते दिउँसो ४ चार बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस