Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार २५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........


नया सडक

२०८१, असार २५ मंगलबार

  • 549
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार २५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २५ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो । यसआधारमा, प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।

    प्रभु इन्सुरेन्सले ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न , बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । प्रभु इन्सुेन्सले ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।

    प्रभु इन्सुरेन्सले गत वैशाखमा ४.७५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ ।काठमाडौं स् प्रभु इन्सुेन्सले ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।

    शेयर बजार : नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा , ५ अर्ब ५३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा आएको छ । आज ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा बढीले बढेको छ । दोस्रोमा विकास बैंक समूहमा उत्साह आएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्ने

    काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले रू.३० करोड बराबरको ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

    कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १८ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

    नागरिक लगानी कोषको साधारण सभा असार ३१ गते , बोनस सेयर पारित गर्न

    काठमाडौं ।नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते बस्ने भएको छ । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

    कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले १ लाख ५७ हजार २९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले टेलि डाइरेक्ट प्रा।लि।को नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

    लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक २.२६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२६ विन्दुले बढेको छ । यससँगै सूचक २१३८.६१ अंकमा आएको छ । ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको १६ हजार ४ सय ५० कित्ता सेयर कारोबार भएको छ ।

    असारको २५ दिनमा बजेट खर्च पौने दुई खर्ब, कुल खर्च साढे १३ खर्ब बढी, गर्नुपर्ने कुल खर्च साढे १७ खर्ब

    काठमाडौं । सरकारले  असारको २५ दिनमा कुल खर्च साढे १३ अर्ब बढी गरेको छ । असार महिनाको २५ दिनमा  पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको हो ।
    २५ असार बिहानसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।१ असारका दिन ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएकोमा बाँकी २५ दिनमा सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ ।

    सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट खर्च गर्ने गरी ल्याएको थियो । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सरकारले कुल लक्ष्यको ७७.४४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ ।

    सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग  छलफल

    काठमाडौँ ।  प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ ।

    छलफलका क्रममा रजिष्ट्रार एवं पूर्वरजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिनुभयो । समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका कुरा सुन्ने, बुझ्नेलगायतका अध्ययन गरिरहेको उहाँले बताउनुभयो । समिति गठन भएको एक महिना पूरा भएको छ । समितिले सहकारीका पीडितसँग छलफलको तयारी गरेको छ । 

    नकली स्मार्ट लाइसेन्स बनाएको आरोपमा बुटवलस्थित यातायात कार्यालयका तत्कालीन  प्रमुखसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

     काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले  नकली स्मार्ट लाइसेन्स बनाएको आरोपमा बुटवलस्थित यातायात कार्यालयका तत्कालीन  प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

    सरकारी वकिलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा  जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो ।

    यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख (हाल वन मन्त्रालयका उपसचिव) केशव अर्याल, त्यहीँ कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात कार्यालय नवलपरासीमा कार्यरत कम्युटर अधिकृत पदमराज आचार्य, यातायात कार्यालय चितवनमा कार्यरत सहायक कम्युटर अपरेटर राजेश लम्साल, यातायात कार्यालय जनकपुरमा कार्यरत सहायक कम्युटर अपरेटर दिलिपकुमार साह, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका केशव पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

    तीन दशकमा आधुनिक शिक्षाको क्षेत्रमा एक पछि अर्को उचाइँ चुम्दै ‘मोडर्न स्कूल एन्ड कलेज’

    काठमाडौं । आधुनिक शिक्षाको क्षेत्रमा विगत तीन दशकमा निजी क्षेत्रको तर्फबाट विशिष्ट योगदान दिँदै कानुन संकायसमेतको दश जोड दुईसम्मको शिक्षा दिइरहेको मोर्डन स्कूल एन्ड कलेजले ठुलो सपना बोकेर  अगाडि बढिरहेको छ । मोर्डन स्कूल एन्ड कलेजले भिजन र मिशनमा आधुनिक शिक्षा, चरित्र निर्माण र प्रत्येक व्यक्तिको सबै आयामहरूको विकासको लागि एक अग्रणी, तर किफायती संस्था बन्न चाहना राखी  जिम्मेवार, दयालु र स्मार्ट विद्यार्थीहरूलाई राष्ट्र र समग्रमा विश्वको उत्कृष्ट सेवा गर्ने परिकल्पनाको उच्च आदर्श सामेल गरेको छ ।

    राजस्व अनुसन्धान विभागमा सरुवाको लहर , शाखा अधिकृतदेखि उपसचिवसम्मको सरुवा

    काठमाडौं । राजस्व अनुसन्धान विभागमा सरुवाको लहर चलेको छ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागमा पछिल्लो समय सरुवाको लहर चलेको हो ।

    पछिल्लो समय उपसचिव इन्द्र गौतमको सरुवा भएको छ । इन्द्र गौतमको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट रामकृष्ण श्रेष्ठ आएका छन् । इन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालय लगिएको छ । इन्द्र गौतम राजस्व अनुसन्धान विभागको योजना शाखाका  निर्देशकको जिम्मेवारीमा थिए ।

    यस्तै शाखा अधिकृत फणिन्द्रबहादुर सुनुवारको पनि सरुवा भएको छ । सुनुवारको सरुवा केही हप्ता अगाडि भएको भएपनि सुनुवारले आजै विभागबाट रमाना लिएका छन् । उनी राजस्व अनुसन्धान विभागको ३नम्बर   शाखामा कार्यरत थिए ।

    कर नबुझाउने काठमाडौंका तीन दर्जन डान्सबार र दोहरी क्लबहरूलाई कर चुक्ता गर्न ३५ दिने सूचना सार्वजनिक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने तीन दर्जन बढी डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरी कर तिर्न आउने चेतावनी दिएको छ ।महानगरपालिकाले मनोरञ्जन कर बुझाउन लिखित, फोन वा मौखिक जानकारी गराएपनि बुझाउन नआएका ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरी उनीहरूलाई कर चुक्ता गर्न भनेको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मुद्दती लिन चाहने  वाणिज्य बैंकहरूलाई प्रस्ताव गर्न आह्वान

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले  मुद्दतीमा लगानी गर्न लागेको छ ।प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दतीमा लगानी गर्न लागेको हो ।

    कम्पनीले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दतीमा सो रकम  लगानी गर्न लागेको जनाएको छ । प्राधिकरणले यसका लागि  मुद्दतीमा लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकलाई प्रस्ताव गर्न आह्वान गरेको छ ।

    मुद्दती लिन चाहने  ले आफूले राख्न चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई असार ३१ गते बेलुका ५ बजेसम्म प्राधिकरणको आर्थिक प्रशासन शाखामा शिलबन्दी कोटेसन  पेश गर्न सक्ने गरी सो आह्वान गरिएको छ ।

    सुनको मूल्य तोलामा ९०० घट्यो , प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ४४ हजार १०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधन:अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान थियो । सो विधानलाई महासङ्घको कार्य समितिले सोमवार सर्वसम्मत संशोधन गरेपछि अब महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो ।
    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिए ।उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए । 

     
     
     

     

     
     
     
     

    प्रतिक्रिया दिनुहोस