Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

माछापुच्छ्रे  बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ


नया सडक

२०८१, असार २६ बुधबार

  • 357
    Shares

  • माछापुच्छ्रे  बैँकको  एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

    काठमाडौँ ।माछापुच्छ्रे  बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा  दुईजना पक्राउ परेका छन् ।      प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे  बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।
          जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो । अच्युत रेग्मी

    प्रतिक्रिया दिनुहोस