Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउने योजना पेश गर्न संसदीय समितिको निर्देशन


नया सडक

२०८१, असार २६ बुधबार

  • 378
    Shares

  • मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउने योजना पेश गर्न संसदीय समितिको निर्देशन
    फाइल फोटो

    काठमाडौँ । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।  
    बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव समिति समक्ष पेस गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो । 

    समितिले बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरूसँग काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल भएको थियो । सोही छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस