Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ बिक्री गर्ने


नया सडक

२०८१, असार २७ बिहीबार

  • 453
    Shares

  • सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ बिक्री गर्ने

     

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता एफपीओ जारी गर्न लागेको हो ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । यसमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस