Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार २७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, असार २७ बिहीबार

  • 393
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार २७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २७ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ । 

    नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो । 

    ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८।८३ प्रतिशत हाराहारी रहेको छ ।

    रिलायन्स स्पिनिङ मिलसको आईपीओ रोक्न उच्च अदालतको आदेश

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न आदेश दिइएको छ ।उच्च अदालत, पाटनले रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी रिलायन्सको थियो ।

    रिलायन्सको आईपीओ निष्कासन गर्दा बुक बिल्डिङ विधिको दुरुपयोग भएको, तथ्यांक र प्रक्षेपण तोडमतोड गरिएको, लेखा परीक्षणमा समस्या रहेको लगायतका विषय राखी  यसमा लगानी गर्दा सर्वसाधारणको हित नहुने भनी हरिबहादुर केसीसहितका लगानीकर्ताले अदालतमा रिट निवेदन दिएका थिए ।

    रिलायन्सको आईपीओ निष्कासन तत्काल रोकेर फेरि मूल्यांकन गरी मूल्य तोक्न माग गर्दै अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डविरुद्ध दायर  रिट निवेदनमा उच्च अदालतले यस्तो आदेश दिएको हो । उच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्न दुवै पक्षलाई साउन १४ गते छलफलका लागि बोलाएको छ ।

    शेयर बजार : नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा , ७ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा आएको छ । आज ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटाबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । जीवन बिमा समूह सबैभन्दा बढीले बढेको छ । वाणिज्य बैंक समूहमा पनि राम्रो वृद्धि भएको छ ।

    यस दिन ३३१ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंकको संस्थापक सेयर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्त एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो ।

    यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । 

    कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।

    सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ बिक्री गर्ने

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता एफपीओ जारी गर्न लागेको हो ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । यसमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    सुनको मूल्य तोलामा रु आठ सयले बढ्यो ,  प्रतितोला रु एक लाख ४४ हजार नौ सय

    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ ।

     

    बुधबार प्रतितोला रु एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ ।

    राप्रपा र जसपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

         काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । सो पार्टीको आज भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले माग्नु भएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

    साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहालले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सो पार्टीको आजको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्री दाहालबाट संविधानका धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ ।”

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

    काठमाडौँ ।  जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

         

    पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद हुनुहुन्छ ।

         

    जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गनेृ समेत निर्णय पनि गरेको छ । “प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ”, प्रवक्ता यादवले भन्नुभयो ।

       अर्थमन्त्रालय लगायतसँग सहकारी छानविन संसदीय विशेष समितिको छलफल

    काठमाडौँ ।प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व न्यायाधीकरणलगायतसँग छलफल गरेको छ ।

      

    छलफलका क्रममा ती निकायका अधिकारीले सहकारी सिद्धान्तका आधारमा नचल्दा समस्या आएको, चिनजान भएकासँग सहकारीका सञ्चालकले लेनदेन गर्ने गरेको, स्वनियमन भनिए पनि हुन नसकेको, बचत तथा ऋण सहकारीमा स्रोत नखुलेको करोडौँ रुपैयाँ अपारदर्शी रुपमा राखिएको, ऐन, नियमका प्रावधान पालना नभएका कारण सहकारीमा समस्या आएको बताएको समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

    मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन , अर्को बैठक  असार २८ गते

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो ।

     

    सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराउनुभयो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ ।

    बेपत्ता पारिएको छानबिन आयोग र सत्तनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय

    काठमाडौं । सरकारले बेपत्ता पारिएको छानबिन आयोग र सत्तनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २०८२ साल असार मसान्तसम्म थप गर्न पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रशासित गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    मन्त्रिपरिषदद्वारा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी काम गर्न गृहलाई निर्देशन

    काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

    सो  बैठकले बाढीपहिरोले गर्दा असहज परिस्थिति सिर्जना भएकोले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन्।

    सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा सेवा लिन पुगेका थिए।

    रिलायन्स स्पिनिङ मिलसको आईपीओ रोक्न उच्च अदालतको आदेश

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न आदेश दिइएको छ ।उच्च अदालत, पाटनले रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी रिलायन्सको थियो ।

    रिलायन्सको आईपीओ निष्कासन गर्दा बुक बिल्डिङ विधिको दुरुपयोग भएको, तथ्यांक र प्रक्षेपण तोडमतोड गरिएको, लेखा परीक्षणमा समस्या रहेको लगायतका विषय राखी  यसमा लगानी गर्दा सर्वसाधारणको हित नहुने भनी हरिबहादुर केसीसहितका लगानीकर्ताले अदालतमा रिट निवेदन दिएका थिए ।

    सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी कार्ययोजना तयार

    काठमाडौं। सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरेको छ।आर्थिक आयआर्जनका हिसाबले बढी जोखिममा रहेका गम्भीर प्रकृतिका अपराध र त्यस्ता अपराधबाट आर्जित सम्पत्ति शुद्धीकरण हुने बैंकिङ, सहकारी, धितोपत्र, घरजग्गा, बहुमूल्य धातु, क्यासिनो लगायत क्षेत्रमा निरोधात्मक र नियमनकारी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यकता औँल्याइ सरकारले नयाँ कार्ययोजना बनाएको हो।

    सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धमा हालसम्म भएका अध्ययन अनुसन्धान, जोखिम मूल्यांकन, स्वमूल्यांकन र पछिल्लो पारस्परिक मूल्यांकनले कानूनी र संस्थागत संरचनामा उल्लेख्य सुधार गर्नुपर्ने तथा जोखिममा आधारित नियमन, सुपरिवेक्षण, अनुसन्धान, अभियोजन तथा जफत सम्बन्धी व्यवस्था बलियो बनाउनुपर्ने आवश्यकता रहेको सरकारले  जनाएको छ ।

    प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगमा उद्योगीहरूले आफै बिजुली कटौती गर्ने चेतावनी

    काठमाडौं । पीडित तथा प्रताडित उद्योगी समूहले नेपाल विद्युत प्राधिकरणले काटेका ५ उद्योगको बिजुली लाइन जडान नगरे थप उद्योगमा उद्योगीहरूले आफै बिजुली कटौती गर्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता रकम भुक्तानी रकम नबुझाएका ५ उद्योगहरूका बिजुली लाइन काटिदिएपछि पीडित तथा प्रताडित उद्योगी समूहले यस्तो चेतावनी दिएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र२०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ । 
     
     यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।डेडिकेटेड तथा ट्रकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषदले निर्देशन कार्यान्वयन नगरी नेपाल विद्युत प्राधिकरणले  उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको बताउँदै सो समूहले यस्तो चेतावनी दिएको हो ।

    सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र

    खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा परेको जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति ९प्रतिवादी०बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो ।

     

    सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ जनालाई अदालतमा बचत रकम फिर्ता दिएको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिनुभयो । ठगी प्रकरणमा मुद्दा विधाराधीन अवस्थामा रहेको भन्दै सञ्चालक समितिले बचतकर्ताको बचत रकम फिर्ता दिएपछि मिलापत्र गराइएको उहाँले बताउनुभयो ।

    स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र२०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ । 
     
     यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

    चालु आर्थिक वर्षको  राजस्व परिचालनले सरकारी खर्च धान्न नसकिने, एघार महिनामा अढाई खर्ब बढी अपुग

    काठमाडौं ।  गुज्रिन लागेको चालु आर्थिक वर्ष २०८०/८१मा राजस्व परिचालनले सरकारको खर्च पनि धान्न नसकेको देखिएको छ । चालु आर्थिक वर्षको एघार महिनामा राजस्व परिचालन ९ खर्ब १९ अर्ब १९ करोड मात्र रहेको छ । सोही अवधिमा सरकारी खर्च  ११ खर्ब ८१ अर्ब ३० करोड रहेको छ । यस आधारमा अढाई खर्ब बढीले राजस्व परिचालनले सरकारी खर्च नपुग भएको हो ।

    अर्कोतर्फ  उद्योगी व्यवसायीहरूले अर्थतन्त्रमा संकुचन भएको भनी लगाएको आरोपलाई अर्थतन्त्रका अन्य सूचकहरू सहितको तथ्याङ्कले सही साबित गरेको भने छैन् । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले  बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक सार्वजनिक गर्दै आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको सन्देश प्रवाह ग¥यो ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले स्वीकृत गर्‍यो ईसीएफको साढे ५ अर्ब ४९ करोड

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित ऋण सुविधा ९ईसीएफ०को अन्तिम किस्ता स्वीकृत गरेको छ । आईएमएफले नेपालका लागि ईसीएफ अन्तर्गतको चौथौं किस्ता वापतको ४ करोड १३ लाख अमेरिकी डलर बराबर ९५ अर्ब ४९ करोड रुपैयाँ० रकम स्वीकृत गरेको हो ।

    कोषको बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय गरेको हो । विस्तारित ऋण सुविधामार्फतका कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको आईएमएफको भनाइ छ । आर्थिक गतिविधिमा महामारी तथा विश्वव्यापी जोखिमको अवस्थालाई आन्तरिक रुपमा न्यूनीकरणका लागि नेपालले प्रभावकारी भूमिका निर्वाह गरेको आईएमएफले बताएको छ ।नेपालले चुनौतीपूर्ण राजनीतिक वातावरणका बाबजुद पनि कार्यक्रम कार्यान्वयनमा राम्रो प्रगति गरेको आईएमएफको दाबी छ ।

     
     
     
     
     
     
     
     

     

     
     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस