Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै केपी शर्मा ओली


नया सडक

२०८१, असार ३० आइतबार

  • 585
    Shares

  • चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै केपी शर्मा ओली

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।


    प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएसँगै राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए। ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए।

    दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ। त्यसपछि ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्। शपथ कार्यक्रम भने सोमबारका लागि तय गरिएको छ।

    ओलीले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन्।

    प्रतिक्रिया दिनुहोस