Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार ३० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, असार ३० आइतबार

  • 492
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार ३० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ३० आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरुले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझाव दिइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरुले मौद्रिक नीतिबाट सम्बोधन गरिनुपर्ने विषयमा राष्ट्र बैङ्कलाई सुझाव दिइसकेका हुन् ।

     

    मुख्यगरी, अहिले बाह्य क्षेत्र सन्तुलनमा रहेको, बैङ्क वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको जस्ता सकारात्मक सूचकहरु वित्तीय क्षेत्रमा रहे पनि समग्र बजार माग घटेको, बैङ्क वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन नसकेको, खराब कर्जा बढेको, पुँजीकोष व्यवस्थापनमा चाप रहेकोजस्ता समस्या विद्यमान छ । सरकारले आगामी आर्थिक वर्षको  बजेटमा राखेको छ प्रतिशतको आर्थिक वृद्धिदर र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सघाउ पुग्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने देखिन्छ । निजी क्षेत्रले पनि सरकारले लिएको वित्त नीतिलाई सघाउ पु(याउने र समग्र अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी मौद्रिक नीति आउनुपर्ने सुझाव दिएका छन् ।

     

    नेपाल उद्योग वाणिज्य महासङ्घले यही असार २५ गते आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्र बैङ्कलाई सुझाव दिएको थियो । महासङ्घका तर्फबाट सुझाव दिँदै अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्क वित्तीय संस्थामा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार हुन नसकेको विद्यमान परिस्थितिमा बजार माग बढाउन र उद्योगको उत्पादन क्षमता विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिनुभएको थियो । उत्पादनमूलक उद्योगको क्षमता बढाउने र व्यापारिक प्रयोजनको भन्दा औद्योगिक प्रयोजनको कर्जा व्याजदर कम गर्ने विषय कार्यान्वयन गर्न मौद्रिक नीतिमा केही व्यवस्था ल्याइनुपर्ने सुझाव महासङ्घको छ । 

     

    बजार मागमा आएको सङ्कुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएकाले त्यसलाई सम्बोधन गरिनुपर्ने र लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने माग महासङ्घको छ ।

    शेयर बजार : नेप्से परिसूचक ५२.९६ अंकले बढेर २२५७.५७ विन्दुमा , ७ अर्ब ६२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ५२.९६ अंकले बढेर २२५७.५७ विन्दुमा आएको छ ।आज  ७ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    यस दिन ३०९ कम्पनीको २ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र ग्लोबल आइएमई बैंकको संस्थापक सेयर परेका छन् ।

    कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार ३० गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    ५ किलो बढी कोकिनसहित मलेसियाली महिला ठमेलबाट पक्राउ

    काठमाडौं । प्रहरीले मलेसियाकी एक महिलालाई ५ किलो बढी लागु औषधिसहित पक्राउ गरेको छ ।४७ वर्षीया बाथुमलाई ओडिवलु १३ जुलाई तदनुसार २९ असारमा मलेसियाबाट लाओस, थाइल्याण्डको बैंकक हुँदै नेपालमा आइपुगेपछि पक्राउ परेकी हुन् ।

     

     

    २९ असार राति ११ ः २५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर एडभान्स बुकिङ भएकोे ठमेलस्थित एक होटलमा पुगिन । काठमाडौं महानरपालिका–२९ स्थित ठमेलको एक होटलबाट ओडिवलुलाई प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३० असारको बिहान पक्राउ ग¥यो ।

    चिनी आयात गर्न पाउने १० उद्योगहरु

    काठमाडौं । भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो । त्यसमधये १० उद्योगले अनुमति पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यसरी अनुमति पाउने अधिकांश खाद्य उद्योग छन् । 
    मन्त्रालयका अनुसार ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालि त्यस्तै विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको आयात गर्ने अनुमति पाएका छन ।

    अण्डाको नयाँ समर्थन मूल्य तोकियो ,ठूलो अण्डा प्रतिक्रेट ५१० रुपैयाँ

    काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । शनिबारदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।नयाँ समर्थन मूल्यअनुसार मध्यम ९मिडियम० अण्डा प्रतिक्रेटको मूल्य ४९० रुपैयाँ तोकिएको उनले बताए । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ५१० रुपैयाँ र एक्सएल अण्डा प्रतिक्रेट ५३० रुपैयाँ कायम गरिएको छ ।संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

    राष्ट्रपतिले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्ने ,शपथग्रहण सोमबार बिहान ११ बजे

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने भएको हो । 

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२)(बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान  गरेका थिए । 

    सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ .  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ  ।
     आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने विभागको पूर्वानुमान छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना  छ ।

    ट्रम्प लक्षित आक्रमणको भनिएको भिडियो सञ्चारमाध्यममा भाइरल, भिडियोबारे स्वतन्त्ररूपमा पुष्टि हुन बाँकी

    बटलर । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमण गर्न एक बन्दुकधारीले हातमा राइफल लिएर छतबाट बन्दुक तेस्र्याइरहेको शनिबार अमेरिकी प्रसारक टीएमजेडद्वारा सार्वजनिक भिडियोमा देखाइएको छ । 

    रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी ¥यालीमा बन्दुकधारीले हत्याको प्रयास गर्दा कानमा गोली लागेको थियो । 

    अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुक्स रहेको जनाएको छ ।

    भिडियोमा कथित आक्रमणकारी छतमा  सुतेर ट्रम्पतर्फ  राइफल लक्षित गरेको देखिन्छ ।

    सत्ता सहकार्यका लागि कांग्रेस र एमालेको निर्णय कुर्दै साना दल

    काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको समझादारीअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्री नियुक्त गर्नुभएपछि अब नयाँ सरकार गठन औपचारिक रूपमा सरू भएको छ । प्रधानमन्त्री ओलीले सोमबार नै मन्त्रिमण्डल गठन गर्नुहुने तयारी छ ।

    लक्ष्य १४ खर्ब २२ अर्ब रहेकोमा  असार १ दिन बाँकी रहेसम्म कुल राजस्व १० खर्ब १६ अर्ब असुल

    काठमाडौं । असार सकिन १ दिन बाँकी रहेसम्म कुल राजस्व १० खर्ब १६ अर्ब रुपैयाँ  राजस्व संकलन भएको छ ।सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कुल राजस्व १० खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन  भएको हो ।
    सरकारले चालू आलु आर्थिक वर्षको बजेटमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।  यो शनिबार मात्रै २० अर्ब ३८ करोड रुपैयाँ राजस्व  संकलन भएको छ । शुक्रबार १० खर्ब १४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । कर उठाउनकै लागि नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले शनिबार सार्वजनिक विदाको दिन पनि शाखा कार्यालयहरु खुला राखिएको थियो ।

    कर छली ल्याउन खोजिएको मालवस्तुसहित ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइयो

    काठमाडौं । प्रहरीले तस्करी गरी ल्याउन खोजिएको गहुँ बोकेको ट्रकमा लुकाइ ल्यान लागिएको १५ बोरा जुत्ता चप्पलसहितको ट्रक नियन्त्रणमा लिएको छ ।सर्लाहीको ईश्वरपुरस्थित मनकामना ट्रेडर्सको नाममा दुई हजार १सय  किलो गहुँको नकली भीसीटीएस बिल बनाएर सिरहाको नवराजपुर गाउँपालिका–४ झासपट्टिबाट लोड गरिएको गहुँ र १५ बोरा भारतीय जुत्ता चप्पलसहित ना. ६ ख ६६६५ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीको एक ले नियन्त्रणमा लिएको हो ।

    प्रतिनिधिसभाको बैठकको समय परिवर्तन , सोमबार दिउँसो ४ बजे बस्ने

    काठमाडौँ ।  प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ । 

     

    सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । 

     

    यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान ११ः३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३ः१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको सङ्घीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ ।

    मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गर्नुभएको छ । 

     

    गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।” 

     

    नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो ।

    नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय छेउछाउका सुकुम्बासी बस्ती बलपूर्वक खाली गराइयो

    काठमाडौं । नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय छेउछाउ रहेको सुकुम्बासी बस्ती बलपूर्वक खाली गराइएको छ । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती नगरप्रहरी परिचालन गरी बलपूर्वक  खाली गराएको हो ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका नेता तथा ललितपुर महानगरपालिकाका  मेयर  चिरीबाबु महर्जन निर्देशमा सो सुकुम्बासी बस्ती हटाइएको छ । 

    नगरप्रहरीहरूका अनुसार सुकुम्बासीहरूलाई असार २१ गते बस्ती खाली गर्न ७ दिनको म्याद दिइएको थियो । आइतबार बिहान महानगरको नगर प्रहरी बलले सो क्षेत्रको सुकुमबासी बस्ती हटायो ।

    सिमलताल पहिरोः ५ वटा शव फेला  बेपत्ताको तीव्र रुपमा खोजी गरिँदै

    चितवन, ३० असारः नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ । नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको प्रयोगगरी खोजतलास भइरहेको हो ।
     
     सशस्त्र प्रहरी बल नेपाल एवं विपद् तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलका अनुसार बङ्गलादेशबाट तालिम प्राप्त १० जना गोताखोर परिचालन गरिएको छ । गोताखोरसँगै एक सय जनाको शिक्षालयका सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार (असार ३० गते) छापावाल सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रुपैयाँ रहेको छ । आइतबार चाँदीको भाउ भने प्रतितोला २५ रुपैयाँले घटेर १८ सय ७५ रुपैयाँ कायम भएको छ ।

     

     


     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस