Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त , शपथ ग्रहण आज  ११ बजे


नया सडक

२०८१, असार ३१ सोमबार

  • 420
    Shares

  • प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त , शपथ ग्रहण आज  ११ बजे

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । 

    प्रचण्ड नेतृत्वको सरकार ढलेपछि  राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । 

    राष्ट्रपतिको सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

    जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । 

    राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । 

    कांग्रेस र एमालेको समर्थनमा बहुमत जुटाएको दाबीसहित राष्ट्रपतिसमक्ष दाबी पेश गरेसँगै आवश्यक अध्ययन गरेर राष्ट्रपतिले नियुक्तिको निर्णय गरेको राष्ट्रपति कार्यालयले जानकारी सार्वजनिक गरेको छ ।

    नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज (सोमबार) बिहान ११ बजे हुने तय भएको छ । राष्ट्रपति कार्यालयले सरोकारवाला निकायका पदाधिकारीहरूलाई ओलीको शपथ ग्रहणमा आउन निम्तो पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस