Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ


नया सडक

२०८१, साउन ११ शुक्रबार

  • 366
    Shares

  • अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

    काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।
     
     सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
     
     प्रहरीले वनस्थली खरिबोटस्थित भुपेन्द्रको घरबाट भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरण, राउटर एक थान, आठ पोर्टको भिओआइपी गेटवे एक थान, इन्भर्टर एक थान, ब्याट्री एक थान, नेपाल टेलिकमको सीमकार्ड एक थान र एनसेलको सीमकार्ड नौ थान बरामद गरेको छ ।
     
     उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस