Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री


नया सडक

२०८१, साउन १२ शनिबार

  • 474
    Shares

  • हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री
     
    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा  सञ्चालनमा आएको हिलटन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 
     
    नक्सालमा निर्माण भएको हिलटन होटलको शुभारम्भ गर्दै उहाँले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको उल्लेख गर्दै सफलताको शुभकामना समेत दिनुभयो । “हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वस्त छु”, उहाँले भन्नुभयो । 
     
    उक्त होटल शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल हिलटन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ । हाल हिलटनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस