Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

चीनबाट १ वर्षमा ६५ अर्बको सामान आयात हुँदा निर्यात भने १ अर्ब ९६ करोडको मात्र


नया सडक

२०८१, साउन १३ आइतबार

  • 423
    Shares

  • चीनबाट १ वर्षमा ६५ अर्बको सामान आयात हुँदा निर्यात भने १ अर्ब ९६ करोडको मात्र

     

    रसुवा ।रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले राससलाई जानकारी दिए ।

    निर्याततर्फ भने एक अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत एक अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री रहेका छन् । आयात भएका सामानको परिमाण घटाइ विवरण बुझाउने व्यापारीलाई कानूनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए ।

    गत आवमा कम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख रूपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए ।

    गत आवमा सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए । सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए ।

    गत वर्ष आयात भएका सवारीसाधनको मूल्य १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्यांकमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस