Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, साउन १३ आइतबार

  • 387
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन १३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १३  आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    पूर्वमन्त्री जोशी सर्वोच्चबाट पनि दोषी ठहर, ९ महिना जेल र ७० लाख जरिवाना

    काठमाडौँ ।   सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

     

    उहाँका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । 

     

    यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुर्य करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो । विशेष अदालतकोे उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए । 

     

    अदालतले भ्रष्टाचारकै मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाइ दिएको छ ।

    रु १६ अर्ब ९३ करोडको विद्युत् निर्यात, नेपाल बन्यो खुद विद्युत् निर्याकर्ता

    काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।

     

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

    शेयर बजार : नेप्से परिसूचक ११३.४२ अंकले घटेर २६८१.५६ विन्दुमा , १५ अर्ब ८१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज  नेप्से परिसूचक ११३.४२ अंकले घटेर २६८१.५६ विन्दुमा आएको छ । आज १५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह सबैभन्दा बढी ९.८९ प्रतिशतले वृद्धि भएको छ ।
    यस दिन ३१८ कम्पनीको ४ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा कुमारी बैंक अग्रस्थानमा आएको छ । cfh  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र हिमालयन रि इन्सुरेन्स परेका छन् ।

    जि.एम.इ रेमिटलाई र आइएमई लिमिटेडले साउन ३० गते देखि एकिकृत कारोबार गर्ने

    काठमाडौं । आइएमई लिमिटेडले जिएमइ रेमिट प्रालिलाई प्राप्ति गरेको छ । प्राप्ति पश्चात कायम ‘आइएमई लिमिटेड’ को नामबाट कम्पनीले साउन ३० गते बाट एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।दुवै कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत साउन २ गते र कम्पनीको रजिष्ट्रार कार्यालयले साउन ४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

     

     

    दोस्रो सर्किटपछि स्थगन भएको बजार पुनः खुल्यो

    काठमाडौं । दोस्रो सर्किट ब्रेकरपछि स्थगन भएको बजार पुनः खुलेको छ । अब भने बजार सम्हालिने संकेत देखिएको छ । मौद्रिक नीति सेयर बजारमैत्री आएको भन्दै लगानीकर्ता उत्साहित भएका हुन् । आइतबारको सर्किट ब्रेकरले मौद्रिक नीतिलाई लगानीकर्ताले रुचाएको पाइएको छ ।

     
    गुराँस लघुवित्तले त्रैमाससम्म कमायो साढे २ करोडभन्दा बढी नाफा

    काठमाडौँ ।   चौथो त्रैमाससम्म गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ५९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।कम्पनीको खराब कर्जा संकलन ५१ लाख रूपैयाँभन्दा बढी भएकाले खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । सम्भावित जोखिम शिर्षकमा यस वर्ष कम्पनीेले कुनै पनि रकम छुट्याएको छैन । जसका कारण सञ्चालन नाफा अघिल्लो वर्ष २६ लाख रूपैयाँभन्दा बढी भएकोमा गत वर्ष ३ करोड ६० लाख रूपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी १० करोड १४ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम ४ करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको छ ।विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १८ करोड ३६ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३४ करोड ९४ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । लगानीमा ९० लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीले १ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १७१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा साउन १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरुमा पेश गर्न सकिनेछ ।

    आज सूर्योदय वोमी लघुवित्तको ६१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६१ हजार ८०५ संस्थापक समूहको सेयर लिलामी भर्ने आज (साउन १३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३४८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु  पेश गर्न सकिनेछ ।

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ । आज डलरको भाउ उच्च विन्दुमा पुगेर स्थिर बनेको छ।आइतबार डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ६७ पैसा रहेको छ।युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ ११ पैसा र बिक्रीमा १४५ रुपैयाँ ७६ पैसा पाइन्छ।

     

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा तोकिएको छ।

    आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा पाइन्छ।

    निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार धरौटीमा छुटे

    काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । प्रहरी पक्राउ नगरेको भएपनि आज धरौटी नतिरेको भए उनी हिरासतमा जानुपर्ने थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आज बयान दिन पुगेका थिए । थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो ।आइतबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको हो ।मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

    ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्‍याडिसन होटल, काठमाडौँमा १५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौँले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउनेछन् ।

     
    मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोड बढी

    झापा ।मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९र८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।
    नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय ९७ सङ्कलन भएको जानकारी दिनुभयो । एक वर्षमा रु दुई करोडको हाराहारीमा आन्तरिक आयश्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उहाँले बताउनुभयो ।

    रु १६ अर्ब ९३ करोडको विद्युत् निर्यात, नेपाल बन्यो खुद विद्युत् निर्याकर्ता

    काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।

     

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

    चीनबाट १ वर्षमा ६५ अर्बको सामान आयात हुँदा निर्यात भने १ अर्ब ९६ करोडको मात्र

    रसुवा ।रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले राससलाई जानकारी दिए ।

    निर्याततर्फ भने एक अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत एक अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री रहेका छन् । आयात भएका सामानको परिमाण घटाइ विवरण बुझाउने व्यापारीलाई कानूनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए ।

    डा मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

    काठमाडौँ । डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
          
    उहाँले आज आयोगमा निवेदन दर्ता गराउनुभएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिनुभयो । डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै पनि निर्णय सदर नगर्न आग्रह गर्र्दै आयोगमा निवेदन दिएको राससलाई बताउनुभयो । उहाँले अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेकोसमेत प्रतिक्रिया दिनुभयो ।

    नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बङ्गलादेशी विद्यार्थी समूहको प्रशासनलाई चेतावनी

    ढाका ।बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने  चेतावनी दिएको छ ।प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो ।

     

    सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कफ्र्यू) आदेश लागु भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ र प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेताहरूसहित हजारौं प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।

    आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ का सदस्यले निजामती सेवा भर्ती नियमहरूको बिरूद्ध अभियान चलाएका थिए । यसअघि, उनीहरूले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताहरूको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिनसक्ने चेतावनी दिएका छन् ।

    सुनको मूल्य तोलामा एक हजारले बढ्यो,  प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ४५ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ । 
    आइतबार चाँदीको भाउ  तोलामा १० रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ ।

    मौसम पूर्वानुमानः कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

     

    विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भेगका केही स्थान तथा बाँकी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

     

     

    प्रतिक्रिया दिनुहोस