Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना


नया सडक

२०८१, साउन १४ सोमबार

  • 516
    Shares

  • आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ ।  बिहान देशभर साधारणतया बदली रहँदा केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो ।    

    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मधेश प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    प्रतिक्रिया दिनुहोस