Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अब एउटै व्यक्तिले २ वटा लुघवित्तबाट ऋण लिन पाउने


नया सडक

२०८१, साउन १४ सोमबार

  • 324
    Shares

  • अब एउटै व्यक्तिले २ वटा लुघवित्तबाट ऋण लिन पाउने

    काठमाडौं ।नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी दुईवटासम्म लघुवित्तले एउटै ऋणीलाई कर्जा दिन पाउने व्यवस्था गरेको हो।

    यसरी कर्जा दिँदा राष्ट्र बैंकको तोकेको सीमाभन्दा धेरै हुन नहुने केन्द्रिय बैंकले जनाएको छ।

    ूबिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन्,ू राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ।यस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्। यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरनलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिएरनलिएको यकीन गर्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस