Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १६  बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, साउन १६ बुधबार

  • 387
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन १६  बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १६  बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न

    काठमाडौ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३ दशमलव ८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता आज सम्पन्न भएको घोषणा गरेको छ ।

     

    यो सम्झौतासँगसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग गत जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ । उक्त नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।

    विद्युतीय व्यापारसम्बन्धी कानुन अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँः मन्त्री भण्डारी

    काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयकलाई यथासक्य छिटो अन्तिमरुप दिन अनुरोध गर्नुभएको छ ।

     

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले विद्युतीय व्यापारसम्बन्धी कानुन आवश्यकता मात्र नभएर अनिर्वाय भएको भन्दै विधेयकलाई अन्तिम रुप दिन अब ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।    

     

    विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा समितिमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँगको छलफलका क्रममा मन्त्री भण्डारीले भन्नुभयो, “मन्त्रालयका तर्फबाट आएको प्रस्ताब हुबहु पारित हुनैपर्छ भन्ने छैन, मिहीन ढङ्गबाट दफावार छलफलसहित विद्युतीय व्यवसायलाई सहयोग र सहजीकरण गर्नेगरी समसामयिक र कार्यान्वयनमुखी विधेयक आउने विश्वास व्यक्त गर्नुभयो ।”

    सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री पौडेल

    पाटन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 

     

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज यहाँ आयोजित ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

     “विगतमा द्वन्द्वबाट गुज्रिएको नेपालमा द्वन्दको अवस्थालाई त अन्त्य ग¥यौँ तर सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका काम बाँकी छन् । यी काम पूरा गर्ने जिम्मेवारी मानवअधिकारकर्मी, नेपाल सरकार, नागरिकसमाजलगायत सबैको हो । सबै मिलेर अगाडि बढ्न आवश्यक छ । पीडितको पक्षमा हुने गरी द्वन्द्वका बाँकी कामलाई अन्त्य गर्न लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

    शेयर बजार : नेप्से परिसूचक ६४.२५ अंकले बढेर  २७६०.९० विन्दुमा , २१ अर्ब ९१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ६४.२५ अंकले बढेर  २७६०.९० विन्दुमा आएको छ । आज २१ अर्ब ९१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज सेयर बजारमा बुधबार ऐतिहासिक रेकर्ड कायम भएको छ ।यस दिन १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । 

     

    यस दिन ३३२ कम्पनीको ५ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।

    नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ४० अर्ब खिच्न लागेको हो।

     

    अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ। अहिले बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत नै ३ खर्ब बढी पैसा राष्ट्र बैंकमा राखेका छन्।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

    सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

    काठमाडौं ।  सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले बिहान ८ बजे एफपीओ बाँडफाँट गरेको हो । जसमा ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर हात पारेका छन् । बाँकी रहेको ९.५४ कित्ता ९ जनालाई १:१ कित्ताला दरले बाँडफाँट गरिएको छ ।

    आत्मनिर्भर लघुवित्तको खुद नाफा ७१.२६ प्रतिशतले घट्यो

    काठमाडौँ । चौथो त्रैमाससम्म आइपुग्दा आत्मनिर्भर लघुवित्तको खुद नाफा घटेको छ । लघुवित्तको खुद नाफा ७१.२६ प्रतिशतले घटेर १ करोड ३९ लाख ६९ हजार रुपैयाँ भएको छ । 
    खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले बढेर १४ करोड २२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाको दबाबमा परेकाले यस संस्थाको नाफा घटेको छ । १ वर्षको अवधिमा खराब कर्जा ५.६४ प्रतिशत विन्दुले बढेर १३.२२ प्रतिशतमा पुगेको छ । जगेडा कोषमा १९ करोड ८७ लाख ५० हजार रुपैयाँ छ ।

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।

     

    आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो। कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

    गत आवमा रिफिल नहुने पकेट ग्यास लाइटरको आयात करिब ७ गुनाले बढ्यो , कुल आयात ५५ करोड १४ लाख बढी

    काठमाडौं । गत आर्थिक वर्ष २०८०÷८१मा ग्यास रिफिल नहुने पकेट ग्यास लाइटरको आयात अघिल्लो आर्थिक वर्ष २०७९÷७९मा भएको आयातको करिब ७ गुना बढी आयात गरिएको छ ।गत आवमा ग्यास रिफिल नहुने पकेट ग्यास लाइटर  ५५ करोड १४ लाख ९९ हजार ६ सय ४९ थान आयात भएको भन्सार विभागले जनाएको हो ।

     

    अघिल्लो आर्थिक वर्ष २०७९÷८०मा ग्यास रिफिल नहुने पकेट ग्यास लाइटरको आयात ८ करोड ८५ लाख ६८ हजार  ५ सय ९ थान भएको भन्सार विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।यसैगरी रिफिल हुने पकेट ग्यास लाइटरको आयातमा तुलनात्मकरूपमा झिनो आयात वृद्धि भएको देखिन्छ ।

    नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा, सयौँ रोपनी धानखेतमा बाढी पस्यो

    काठमाडौँ ।निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ ।

     

    वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका एक दर्जनभन्दा पनि घरपरिवार जोखिममा परेका छन् भने सयौँ रोपनी धान खेत कटानको जोखिममा छ । त्यसैगरी बढीसँगै आएको पाँगो र गेग्र्यान माटो धान खेतमा थुप्रिएको छ । 

     

    खोलाले खेतीयोग्य जमिन कटान गर्नुका साथै आसपासका घर जोखिममा परेको र स्थानीय निरन्तर जोखिममा बस्नुपरेको प्रभावित पुरुषोत्तम सिटौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निरन्तरको वर्षासँगै आएको बाढीका कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । यहाँको कैयौँ खेतीयोग्य जमिनमा कटानमा परेको छ भने केही दिनअघि रोपाइँ सम्पन्न गरेको धान खेतमा गेग्र्यान थुप्रिएको छ ।”

    बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार

     

    काठमाडौँ । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ । 

     

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । 

     

    कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ ।

    काठमाडौ जिल्ला अदालतद्वारा नमस्ते सहकारीका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले  काठमाडौँको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारीका ८ जनालाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।  काठमाडौं जिल्ला अदालतले नमस्तेका अध्यक्ष रविन्द्र थापा, श्रद्धा मगर, सुधन पाण्डेय, जानुका सुवेदी, शनी शाक्य, दिनेश राज सिग्देल, श्रवण मगर र अर्जुन भट्टराईविरुद्ध पक्राउ पुर्जी जारी  गरेको हो ।  

     

    नमस्ते बचत तथा ऋण सहकारीका प्रबन्धक गणेश सिजापति कारागारमा छन् । २०८० माघमा उनलाई इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएर मुद्दा चलाएको थियो ।

    सरकारले सिफारिस गरेका १८ देशका राजदूतहरू, हेर्नुहोस को को परे ?

    काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट  भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरिएको  हो ।

     

    राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ । सिफारिश गरिएकाहरू यस प्रकार रहेका छन् । १‍. डा. शंकरप्रसाद शर्मा – भारत
    २. कान्ता रिजाल –अष्ट्रेलिया
    ३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
    ४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
    ५. धनप्रसाद पण्डित – इजरायल
    ६. रामकृष्ण भट्टराई – श्रीलंका

     

    डेडिकेटेड र ट्रक लाइन विवादमा बक्यौता नतिर्ने उद्योगीको लाइन काटन निर्णय गर्दा फरक मत राख्ने सञ्चालकद्वयलाई स्पष्टीकरण

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली जोड्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय प्रति फरक मत (नोट अफ डिसेन्ट) लेख्ने दुई सञ्चालकलाई स्पष्टीकरण सोधेको छ ।प्राधिकरण सञ्चालक समितिको ७ साउनमा बसेको  बैठकले यसअघि विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेका बेला सो निर्णयमा फरक मत लेख्ने  सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोधिएको हो । उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेका थिए ।

     

    तर, प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको हो ।

    ३२ लाख बढी भन्सार आयात मूल्य पर्ने स्विटजरल्यान्डबाट आउने महँगा नाडी घडी गत आवमा कति आए ?

    काठमाडौं । ३२ लाख बढी भन्सार मूल्य परेको स्विटजरल्यान्डबाट आयात गरिएका बहुमूल्य स्वचालित  नाडी घडी २० करोड बढीको गत आवमा आयात भएको छ ।बहुमूल्य नाडी घडीको कोटिमा पर्ने स्विटजरल्यान्डबाट आयात गरिने गत आव २०८०÷८१मा ६४ थान घडी आयात गरिएको हो ।कुल भन्सार मूल्यका आधारमा गत आवमा यो बहुमूल्य स्वचालित नाडी घडीको संख्या घटेको भएपनि भन्सार मूल्य भने बढेको छ । अर्थात यो घडीको मूल्य झन् बढेको हो ।

     

    अघिल्लो आवमा यो बहुमूल्य स्वचालित नाडी घडी कोटिका घडी ६६ थान आयात भएका थिए । यसको कुल भन्सार मूल्य १७ करोड ८० लाख ६९हजार रहेको थियो । यस आधारमा अघिल्लो आवमा यो कोटिको घडीको भन्सार आयत मूल्य २६ लाख९८ हजार १५ रुपैयाँ १५ पैसा जति हुन आउँछ ।

    पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

    वीरगञ्ज (पर्सा)।  गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् ।

     

    घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भन्नुभयो, “आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । अर्काेतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षांैदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन्”, उहाँले भनुभयो ।

    सुनको मूल्य तोलामा आठ सयले बढ्यो ,  प्रतितोला  एक लाख ४७ हजार ८०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।आज  तेजावी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ७८० रुपैयाँमा किनबेच भईरहेको छ । 

     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस