Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एनआइसी एसिया क्यापिटलका ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 405
    Shares

  • एनआइसी एसिया क्यापिटलका ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा

     

    काठमाडौं ।  एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ५ वटा म्युचुअल फन्ड योजनाको लाभांश घोषणा भएको छ । क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले एनआइसी एसिया सेलेक्ट ३० (इन्डेक्स फन्ड), एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया डाइनामिक डेब्ट फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश गरेको हो ।

    एनआइसी एसिया सेलेक्ट ३० का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डको करसहित १०.५० प्रतिशत, ग्रोथ फन्डको करसहित ९.५० प्रतिशत र ब्यालेन्स्ड फन्डको करसहित ९.२५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।  बन्दमुखी डाइनामिक डेब्ट फन्डका इकाइधनीहरुलाई पनि करसहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस