Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 456
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन १७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १७  बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    शेयर बजार : नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा , २१ अर्ब ७१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा आएको छ । आज २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

     

    यस दिन ३३२ कम्पनीको ५ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड ७५ लाखसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सीइडीबी हाइड्रोपावर परेका छन् ।

    रिलायन्स फाइनान्सले संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । रिलायन्स फाइनान्सले संस्थापक समूहतर्फको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संगठित संघसंस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् ।

    तोलामा चार सयले बढ्यो सुनको मूल्य , प्रतितोला रु एक लाख ४६ हजार एक सय

    काठमाडौँ ।   स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । 

     

    यस्तै, बुधबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४५ चार सय निर्धारण भएको छ । उता, चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।

    एनआइसी एसिया क्यापिटलका ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा

    काठमाडौं ।  एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ५ वटा म्युचुअल फन्ड योजनाको लाभांश घोषणा भएको छ । क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले एनआइसी एसिया सेलेक्ट ३० (इन्डेक्स फन्ड), एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया डाइनामिक डेब्ट फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश गरेको हो ।

    एनआइसी एसिया सेलेक्ट ३० का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डको करसहित १०.५० प्रतिशत, ग्रोथ फन्डको करसहित ९.५० प्रतिशत र ब्यालेन्स्ड फन्डको करसहित ९.२५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । 

    हिमालयन लाइफ इन्सुरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ ।

    नेसनल लाइफ इन्सुरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९साउन १७ गते० बाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौं आवेदन दिनुपर्नेछ ।

    कामना सेवा विकास बैंकको ५१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । कामना सेवा विकास बैंकले ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९साउन १५० गते० बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

     

    आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    एनआइसी एसिया डाइनामिक फन्डको १० प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं ।  एनआइसी एसिया डाइनामिक डेप्ट फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको बुधबार (साउन १६ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

     

    फन्डले लाभांश वितरण प्रयोजनको लागि आज साउन १७ गते बुक क्लोज गर्ने जनाएको छ ।  बुधबार (साउन १६ गते) सम्म कायम इकाईधनीले लाभांश (प्रतिफल) पाउनेछन् । 

     

    एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । यी दुई कम्पनीले बिहीबार रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। बिहीबार १ डलरको भाउ खरिददर १३३ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

     

    राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ८३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा खरिद दर १७१ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सिल्भर हेरिटेज म्यानेजमेन्टले क्यासिनो नचलाउने भनेपछि पर्यटन विभागद्वारा इजजात रद्द

    काठमाडौं। सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेस ‘केटीएम’को इजाजत पत्र रद्द गरिएको छ ।   क्यासिनो व्यवस्थापनमा नेपाल प्रवेश गरेको करिब १ दशकपछि  सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेसको इजाजत पत्र रद्द गरिएको हो ।

     

    सन् २०१५ मा नेपाल भित्रिएको समूह क्यासिनोको व्यवस्थापनबाट आफैं अलग भएपछि पर्यटन विभागले इजाजत पत्र रद्द गरिदिएको हो। पर्यटन विभागका सूचना अधिकारी कालीबहादुर भुजेलले जानकारी सार्वजनिक गरे अनुसार  पहिले  यो कम्पनीले सांग्रिला होटल र भैरहवाको टाइगर प्यालेसमा क्यासिनो सेवा व्यवस्थापन गरेको थियो । यो कम्पनीले दुवै होटलमा सेवा नदिने निर्णय गरेर पत्र पठाएपछि पर्यटन विभागले े इजाजतपत्र रद्द गरिएको हो ।

    कम्पनीले ४ वर्षदेखि विभागलाई बक्यौता तिर्न नसकिरहेको अवस्थामा एक वर्षअघि हिमालयन टाइगर इन्भेष्टमेन्टले ५ अर्ब रुपैयाँमा टाइगर प्यालेस होटल खरिद गरेको थियो।

    गत आवमा वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात

    वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा यो नाका हुँदै पाँच सय ११ वटा विद्युतीय सवारी आयात भएको देखिएको छ ।

     

    वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आवमा रु दुई अर्ब १९ करोड ८९ लाख ९९ हजार बराबरका इनधनबाट चल्ने एक हजार चार सय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा भन्सार कार्यालयले रु चार अर्ब ९६ करोड ९२ लाख १८ हजार राजस्व आम्दानी गरेको छ । आव २०७९र८० मा भने यो कार्यालय हुँदै रु एक अर्ब ७८ करोड ८७  लाख ६७ हजार मूल्य बराबरको एक हजार एक सय ४९ वटा जीप, कार र भ्यानहरु आयात भएका थिए ।

    सङ्क्रमणकालीन न्याय : कार्यदलमा सहमति जुटेका यी विषय

    काठमाडौँ ।  नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा सहमति भएको हो । 

     

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा निकै महत्त्वका साथ हेरिएको सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्‍याउन चारबुँदे सहमति भएको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिनुभयो । “मुलभूतरूपमा सहमति जुट्न नसकेका चार विषयमा घनिभूत रुपमा छलफल गरी सहमतिका साथ टुङ्गो लगाइएका छौँ”, उहाँले भन्नुभयो ।

    एमाले सचिवालय : उपाध्यक्षमा गुरु बराल मनोनीत, १७ केन्द्रीय सदस्य थप

    काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । 

     

    एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो । 

     

    यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ ।

    आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गर्नुभएको छ । श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उहाँले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराउनुभयो । 

     

    भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रुपमा विकास गरिने बताउनुभयो ।

    थाइ एयर एसियालाई साताको चार उडान भैरहवाबाट गर्न नागरिक उड्डयन प्राधिकरण (क्यान)को अनुमति

    काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान संचालन गर्ने निर्णय गरेको छ।प्राधिकरणले पाँच वर्षपछि नेपालमा फेरि  व्यावसायिक उडान सुरु गर्न लागेको एयर एसिया अन्तर्गत थाइ एयर एसियालाई साताको चार उडान भैरहवाबाट गर्न प्राधिकरणले स्वीकृति दिएको हो । 

     

    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन यस्तो निर्णय गरेका हुन् ।यो वायुसेवा कम्पनीले डिसेम्बरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको ३ वटा र भैरहवाबाट साताको ४ गरी  कुल ७  वटा उडान गर्ने  स्वीकृति पाएको प्राधिकरण स्रोतको भनाइ छ ।

    गत आर्थिक वर्षमा विदेशमा पढ्न भनी १ लाख बढीले एनओसी लिए ,सबै भन्दा बढी जापान पढ्न एनओसी लिए

    काठमाडौं । गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख बढी विद्यार्थीले विदेशमा पढ्न जाने भनेर वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।

     

    मन्त्रालयले  २०८० साउन १ गते देखि  २०८१ असार ३१सम्मको तथ्यांक  सार्वजनिक गरे अनुसार एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।

    तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७३१, क्यानडाको लागि १५ हजार ९८२, अष्ट्रेलियाको लागि १४ हजार ३७२ र युकेको लागि १३ हजार ३३९ जनाले एनओसी लिएका छन् ।

    यसैगरी अमेरिकाको लागि ११ हजार २६१, कोरियाको लागि ६ हजार ८८९, भारतका लागि दुई हजार ३८९ लगायत विभिन्न देशको लागि एनओसी लिएका छन् ।     

    सुन्तलामा कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका किसान चिन्तित

    गण्डकी । कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् । ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको  कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेको देखिन्छ । स्थानीय कृस्ती नाच्नेचौरका सुन्तलाका बगान यतिखेर कत्लेकीराको प्रकोपबाट कालम्मे भई कुरूप देखिएको छ ।   

     

    पोखरा महानगरपालिका–२१ काफलबोटेस्थित सुन्तलाको बगैँचामा पहिलोपटक देखिएको कत्लेकीराको प्रकोप यतिखेर आसपासको क्षेत्रमा पनि फैलिँदै उत्पादन घट्न थालेपछि चिन्तित हुनुपरेको स्थानीय सुन्तला कृषक नारायण सुवेदी बताउनुहुन्छ ।   

    रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पु¥याइँदै

    पाटन । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पु¥याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिनुभएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा  रथलाई तानेर आज जावलाखेल पु¥याइनेछ ।  सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा , झाँकि सहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘परम्परागत जात्रा , पर्व , धर्म सस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ ।”

     

    आज दिउँसो ४ बजपछि रथ तान्न सुरु हुने जनाइएको छ । गुठी सस्थान प्रमुख आचार्यले भन्नुभयो  ‘‘ रथ तान्ने सबै तयारी भइसकेको छ, बाजागाजासहित जावलाखेल पु¥याइएको चार दिनपछि  राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।’’

    ड्राइफ्रुट्सका करोबारी खोज्दै राजस्व अनुसन्धान विभाग, ड्राइफ्रुट्सका ठुला कारोबारी सतीश जयसवाललाई विभागमा बोलावट , अर्का  ठुला कारोबारी राजेश हरलालका को हुन ?

    काठमाडौं /वीरगञ्ज । ड्राइफ्रुट्स र मसलाजन्य मालवस्तुमा ठुलो मात्रामा राजस्व छली भइरहेको निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले ड्राइफ्रुट्स र मसलाजन्य मालवस्तुको ठुला कारोबारीहरूको खोजी गरिरहेको छ ।राजस्व अनुसन्धान विभागले ड्राइफ्रुट्स र मसलाजन्य वस्तुहरूको आयातकर्ता  तथा बिक्रेता सतीश जयसवालले सञ्चालन गरिरहेका फर्महरूमा निगरानी बढाएको हो । 

     

    विभागले  ड्राइफ्रुट्स तथा मसलाजन्य मालवस्तुको कारोबार गर्ने सतीश जयसवालका फर्महरूलाई पत्र काटेर आयात तथा बिक्री वितरणको यथार्थ विवरण पठाउन भनेको छ ।विभागले सतीश जयसवालले कालीमाटी, कुलेश्वर र न्यूरोडको मखनमा सञ्चालन गरेका पसल र फर्म तथा कारोबारहरूको विवरण विभागलाई उपलब्ध गराउन भनेको छ ।

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस