Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २४.८१ प्रतिशतले घट्यो


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 414
    Shares

  • हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २४.८१ प्रतिशतले घट्यो

     

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८१ प्रतिशतले कम हो ।

    कम्पनीको खुद ब्याज आम्दानी भने १४.२ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

    असारसम्म आइपुग्दा यसको इम्पेयमेन्ट चार्ज बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यही चार्ज बढ्दा नाफामा असर गरेको हो । हिमालयनको सञ्चालन नाफा पनि १७.२२ प्रतिशतले घटेर १ करोड ८ लाख रुपैयाँमा आएको छ । इम्पेयमेन्ट चार्ज बढ्नु अनि सञ्चालन नाफा घट्दा यसको ख्ुद नाफामा प्रत्यक्ष असर परेको हो । 

    हाल लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको छ ।लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ ५७ पैसा छ । 

     

     

    प्रतिक्रिया दिनुहोस