काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। यो वर्षको मत्स्येन्द्रनाथ जात्राको समापनका लागि भोटो देखाउने जात्रा मनाउन गृह मन्त्रालयले साउन २० गते तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो।
काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा हुने जानकारी गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर जनाएका छन् ।