Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

एनआइसी एसिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घट्यो


नया सडक

२०८१, साउन २१ सोमबार

  • 480
    Shares

  • एनआइसी एसिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घट्यो

     

    काठमाडौं ।  चौथो त्रैमाससम्म आइपुग्दा इम्पेयरमेन्ट चार्ज बढेसँगै एनआइसी एसिया बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ६८.९१ प्रतिशतले घटेर १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।

    अघिल्लो वर्ष ७२ करोड १९ लाख ६२ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष २ अर्ब ८४ करोड ४३ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

    खराब कर्जा १.६३ प्रतिशत विन्दुले बढेर १.७४ प्रतिशत पुगेको छ । यसले पनि नाफा प्रभावित भएको हो । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । यसले पनि नाफा घट्न सहयोग पुर्याएको हो । खुद ब्याज आम्दानी १३।३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ ।  सञ्चालना नाफा पनि ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख ६१ हजार रुपैयाँमा आएको छ ।

    असार मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ ।

     

    प्रतिक्रिया दिनुहोस