Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

असार मसान्त सम्ममा प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाए


नया सडक

२०८१, साउन २१ सोमबार

  • 312
    Shares

  • असार मसान्त सम्ममा प्रभु  बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाए

     

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा आईपुग्दा नाफामा उल्लेख्य सुधार गरेको छ । असार मसान्त सम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५०० प्रतिशतले बढेको हो ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ ।

    अघिल्लो वर्ष ५ अर्ब २१ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ५५ करोड ६८ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी , सञ्चालन नाफा बढ्नु तथा इम्पेयरमेन्ट चार्ज भारी मात्रमा घट्दा बैंकको नाफा भारी मात्रामा बढ्न पुगेको छ । 

    हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड बढी पुगेको छ । रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ ।यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस