Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

चौथो त्रैमासमा नबिल बैंकले कमायो ७ अर्ब ६ करोडभन्दा बढीको मुनाफा


नया सडक

२०८१, साउन २१ सोमबार

  • 396
    Shares

  • चौथो त्रैमासमा नबिल बैंकले कमायो ७ अर्ब ६ करोडभन्दा बढीको मुनाफा
    फाइल फोटो

    काठमाडौँ । चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको भन्दा १०.२३ प्रतिशतले बढी हो ।

    खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ र्अ २० करोड ७० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । 

    इम्पेयरमेन्ट चार्ज घटेकाले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

    असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ ।प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस