Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

ग्लोबल आइएमई बैंकको खुद नाफा १०.१३ प्रतिशतले घट्यो


नया सडक

२०८१, साउन २१ सोमबार

  • 549
    Shares

  • ग्लोबल आइएमई बैंकको खुद नाफा १०.१३ प्रतिशतले घट्यो

    काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खुद नाफा १०.१३ प्रतिशतले घटेर ६ अर्ब १ करोड रुपैयाँमा झरेको छ ।

    एक वर्षको अवधिमा खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा ३ अर्ब ४२ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । 

    सञ्चालन नाफा पनि ८.२५ प्रतिशतले घटेर ८ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी पनि २.७४ प्रतिशतले घटेर १६ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ । 

    यसको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४१ पैसाले घटेर १६ रुपैयाँ ६५ पैसामा सीमित भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस