Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

गत आर्थिक वर्ष २०८०/८१मा १० वटा वाणिज्य बैंकको नाफामा गिरावट


नया सडक

२०८१, साउन २१ सोमबार

  • 174
    Shares

  • गत आर्थिक वर्ष २०८०/८१मा १० वटा वाणिज्य बैंकको नाफामा गिरावट

    काठमाडौं। गत आर्थिक वर्ष २०८०/८१मा १० वटा वाणिज्य बैंकको नाफामा गिरावट आएको छ । अर्थतन्त्रको शिथिलताले कर्जा असुलीमा परेको प्रभावले  वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको जनाइएको हो ।सोही अवधिमा १० वटा वाणिज्य बैंकहरूको खुद नाफा बढेको पनि हो ।

    खुद नाफा बढाउने बैंकहरूमा प्रभु बैंक, नबिल, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्राइम, कुमारी, एभरेष्ट , नेपाल एसबीआई र कृषि विकास बैंक रहेका छन् ।नाफामा गिरावट सामना गरेका बैंकहरूमा सानिमा, एनएमबि, एनआइसी एसिया, नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड, सिटिजन्स, ग्लोबल, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकहरू रहेका छन् ।

    २० वाणिज्य बैंकहरूले गत वर्ष ६४ अर्ब १५ करोड खुद नाफा गरेका छन्।  यो अघिल्लो वर्षको तुलनामा १३.३९ प्रतिशतले बढी छ ।
    अघिल्लो वर्ष वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेका थिए।  अर्थतन्त्रमा हुनुपर्ने आवश्यक गतिविधिमा शिथिलता आएकाले कर्जा असुली प्रभावित हुन पुगेकाले नाफामा असर परेको भनिएको हो ।

    गत वर्ष सर्वाधिक नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक छ। नबिलले ७ अर्ब ६ करोड खुद नाफा गरेको छ। ग्लोबल आइएमईले ६ अर्ब १ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड खुद नाफा कमाएको छ।

    तथ्यांकहरूको आधारमा बैंकको नाफा नोक्सान 

     
     

    प्रतिक्रिया दिनुहोस