Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

कुमारी बैंकको खुद नाफा ३४५.६७ प्रतिशतले बढ्यो


नया सडक

२०८१, साउन २१ सोमबार

  • 447
    Shares

  • कुमारी बैंकको खुद नाफा ३४५.६७ प्रतिशतले बढ्यो

    काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा आईपुग्दा नाफामा उल्लेख्य सुधार गरेको छ । असार मसान्त सम्ममा बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३४५.६७ प्रतिशतले बढेको हो ।

     

    बैंकको सञ्चालन नाफा पनि ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ नाघेको छ ।

    घिल्लो वर्ष ८ अर्ब ११ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ३ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा बढ्नु तथा इम्पेयरमेन्ट चार्ज भारी मात्रमा घट्दा नाफा भारी मात्रामा बढ्न पुगेको छ ।
     
    यसको खुद ब्याज आम्दानी भने ०.७२ प्रतिशतले घटेर १० अर्ब ९८ करोड रुपैयाँमा झरेको छ । हाल कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा १४ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ । 

    बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८३ पैसाले बढेर ८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस