काठमाडौँ । आज नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा आएको छ ।आज २१ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ समूहका सूचक बढेका छन् ।
यस दिन ३२६ कम्पनीको ४ करोड ९७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २६ करोडको कारोबार रकमसहित हिमालयन रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा आएको छ । आजदोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र सानिमा माई हाइड्रोपावर परेका छन् ।