Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, साउन २२ मंगलबार

  • 393
    Shares

  • एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार कित्ता सेयर लिलामी बिक्री खुला




    काठमाडौं ।  एनआइसी एसिया बैंकले आज ९साउन २२ गते० देखि आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा बैंकले सबैभन्दा धेरै आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
    बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ८३३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

     बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ र सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । जसमा लगानीकर्ताले सूर्योदय वोमीको सेयरमा न्यूनतम ३९९ र सूर्यज्योति लाइफको सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

     

    प्रतिक्रिया दिनुहोस