काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी सार्वजनिक गरे अनुसार पहिरोमा पुरिएर चार जनाको मृत्युसँगै दुई जना घाइते भएका हुन् ।
४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भयो ।घाइते मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।रातिदेखि वर्षा भइरहेको गुल्मीमा मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो ।