Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतस्थित नेपाली दूतावासको अनुरोध


नया सडक

२०८१, साउन २३ बुधबार

  • 531
    Shares

  • प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतस्थित नेपाली दूतावासको अनुरोध

    काठमाडौँ ।  केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शनरहुलदङ्गा चलिरहेकाले यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ । 

    लन्डनस्थित नेपाली राजदूतावासले आज एक सूचना जारीगरी बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ । 

    साथै, बेलायतस्थित नेपाली सङ्घरसङ्गठनहरूलाई आफ्नो संस्थारसमुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र त्यसका लागि समन्वय गर्न पनि दूतावासले अनुरोध गरेको छ । 

    आपतकालीन अवस्थामा लन्डनस्थित नेपाली राजदूतावासको फोन नं+44(0) 2072291594, +447404939274 र Email: [email protected], [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस