Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

दुई कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन


नया सडक

२०८१, साउन २३ बुधबार

  • 426
    Shares

  • दुई कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौँ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।
    नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू ७०५ दशमलव ७७ कायम भएको छ । 
    नेप्सेले सूर्योदय वोमी लघुवित्तको १४ दशमलव ०१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू १ हजार १३ दशमलव ११ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर भोलि ९बिहीवार० दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस