Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

अमेरिकी डलरको भाउले बनायो आज पनि अर्को नयाँ रेकर्ड


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 519
    Shares

  • अमेरिकी डलरको भाउले बनायो आज पनि अर्को नयाँ रेकर्ड

     

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
    यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ। डलरको यस दिनको मूल्य हालसम्मकै उच्च हो। यस अघि हिजो अर्थात बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो। यस दिन डलरको मूल्य १ पैसा बढेर नयाँ रेकर्ड कायम गरेको हो।
    आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा खरिद दर १७० रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस