Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २४ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 369
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २४ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २४ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    यस्ता छन् मन्त्रीपरिषद्को बैठकले गरेका महत्वपूर्ण निर्णयहरु

    काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

     

    मन्त्रीपरिषद् बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।

     

    मन्त्रिपरिषदले गरेका निर्णयहरु

    एशियाली विकास बैंकबाट क्लाइमेट रेसिलेन्स ल्याण्ड्स्क्याप एण्ड लाइम्लीहोल्ड्स परियोजनाको लागि प्रश्ताव गरिएको २० मिलियन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने ।

    बेलायत सरकारबाट इन्हयान्सिङ जेण्डर एण्ड ह्युमन डेभलपमेण्ट आउटकम थ्रु सिस्टम्स स्टे«न्थिङ्ग्स कार्यक्रमका लागि प्राप्त हुने ३८।८ मिलियन पाउण्ड स्टर्लिङ करिव ६ अर्ब ५८ करोड। अनुदान सहायतासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने ।

    प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बिहीबार अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिएका हुन् । 

    यसैगरी उनले राम्रो प्रतिफल दिने, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गतका र निर्माणाधीन आयोजनाहरुलाई अघि बढाउन निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्र आयोजनाहरु अघि बढाउन निर्देशन दिँदै प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताए ।

    बेलायत सरकारबाट तेह्र अर्ब अनुदान सहायता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ  । सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत रु १३ अर्ब आठ करोड अनुदान स्वीकार्ने निर्णय गरेको छ ।  

     

    मन्त्रिपरिषद्ले बेलायतबाट प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड ९करिब छ अर्ब ५८ करोड० र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड ९करिब छ अर्ब ५० करोड० अनुदान सहायता स्वीकार्ने निर्णय गरेको हो ।

     

    गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैङ्कबाट जीवमैत्री वातावरणसम्बन्धी परियोजनाका लागि प्रस्ताव गरिएको अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

    काठमाडौँ  । सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत रु १३ अर्ब आठ करोड अनुदान स्वीकार्ने निर्णय गरेको छ ।  

     

    मन्त्रिपरिषद्ले बेलायतबाट प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड ९करिब छ अर्ब ५८ करोड० र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड ९करिब छ अर्ब ५० करोड० अनुदान सहायता स्वीकार्ने निर्णय गरेको हो ।

     

    शेयर बजार : नेप्से परिसूचक ६.७० अंकले बढेर  २७६६.३८ विन्दुमा ,२० अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ६.७० अंकले बढेर  २७६६.३८ विन्दुमा आएको छ । आज २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ७ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३२२ कम्पनीको ५ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । आज दोस्रोमा हिमालयन रिइन्सुरेन्स र तेस्रोमा निफ्रा परेका छन् ।

    मानुषी लघुवित्तको  विशेष साधारण सभा भदौ ७ गते  , मर्जर तथा प्राप्ति प्रस्ताव

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ७ गते विशेष साधारण सभा बोलाएको छ । साउन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भक्तपुरको सूर्यविनायकस्थित होटल प्यालिसेड रिसोर्टमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गर्नेछ । आगामी दिनमा कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

    प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमनकारी निकायबाट स्वीकृत गराउनका लागि आवश्यक कामको लागि पनि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

    युनिक नेपाल लघुवित्तको खुद नाफा २२.८८ प्रतिशतले बढ्यो

    काठमाडौँ । चौथो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्तले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २२.८८ प्रतिशतले धेरै हो ।
    यसअवधिमा सञ्चालन आम्दानी बढेकाले नाफामा पनि वृद्धि भएको हो । सञ्चालन आम्दानी ८१.४५ प्रतिशतले बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ । यस कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि ९ करोड ५९ लाख रुपैयाँबाट घटेर १ करोड १६ लाखमा झरेको छ । यसले गर्दा पनि नाफा बढ्नमा टेवा पुगेको छ । 

    यता, खुद ब्याज आम्दानी भने ६।५६ प्रतिशतले घटेर २५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २६ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दनी कमाएको थियो । कम्पनीको खराब कर्जा पनि घटेको छ ।

    छ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी नागरिक पक्राउ

    काठमाडौँ ।  प्रहरीले छ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

     

    सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बुधबार पक्राउ परेका निजमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

    कामना सेवा विकास बैंकको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  कामना सेवा विकास बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    आजदेखि हिमालय उर्जाको हकप्रद शेयरमा  आवेदन दिन सकिने

    हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ।
    कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

     

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ।

    अमेरिकी डलरको भाउले बनायो आज पनि अर्को नयाँ रेकर्ड

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
    यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ। डलरको यस दिनको मूल्य हालसम्मकै उच्च हो। यस अघि हिजो अर्थात बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो। यस दिन डलरको मूल्य १ पैसा बढेर नयाँ रेकर्ड कायम गरेको हो।
    आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा खरिद दर १७० रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र टंङ्क लाइनको विवरण

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ । 

     

    समितिले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टिओडी) मिटरको सबै विवरण पेस गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिनुभयो । 

    ‘टिओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ । डेडिकेटेड र ट्रङ्क लाइन महसुलको विषयलाई लिएर चौतर्फी बहस भइरहेको छ ।

    बङ्गलादेशका जनताको हित सर्वोपरि, कानून–व्यवस्था छिट्टै बहाली हुने विश्वास– भारतीय विदेश मन्त्रालय

    नयाँदिल्ली ।भारतले बङ्गलादेशका जनताको हित नयाँदिल्लीका लागि सबैभन्दा  महत्त्वपूर्ण रहेको बताएको छ । 

     

    भारत बङ्गलादेशमा तीव्र हिंसा र शेख हसिनाको राजीनमापछि ‘विकसित’ स्थितिप्रति चिन्तित रहेको उल्लेख गर्दै विदेश मन्त्रालयले बङ्गलादेशमा कानून–व्यवस्था शीघ्र बहाली हुने अपेक्षा गरेको बताएको छ । यो बङ्गलादेशका साथै सम्पूर्ण क्षेत्रको हितमा रहेको मन्त्रालयको भनाइ छ । 

     

    “परिस्थिति विकास हुँदैछ।।। आज साँझ अन्तरिम सरकारको सपथ ग्रहण हुनेछ”, विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यसैले एक पटक ती कुराहरू भइसकेपछि म के कुरामा जोड दिन चाहन्छु भने जहाँसम्म हामी, भारत सरकार, भारतका जनताको कुरा छ भारत चिन्तित छ, हाम्रा लागि बङ्गलादेशका जनताको हित सर्वोपरि छ ।”

    कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

    विराटनगर । कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

     

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

     

    सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।

    कायममुकायम प्रधान सेनापति सिग्देलद्वारा प्रधान सेनापतिको कार्यभार ग्रहण

    काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका हुन् ।

     

    शर्मा नेपाली सेनाबाट २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका  छन् । त्यसअघि भोलिदेखि बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी सार्वजनिक गरेको छ । नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी शर्माले करिब ४१ वर्ष सेवा गरेका गरेका छन् ।

    हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको छानबिन गर्न संसदीय समितिको सरकारलाई निर्देशन

    काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। संसदीय समितिको आजको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गर्न लगाइ  आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको हो ।

     

    समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।

    जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    जापान । जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ।

     

    दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावनाका बीच सुरक्षित रहन सरकारले अपिल जारी गरेको छ।

    भूकम्पले के कति क्षति पुर्यायो भन्ने विवरण आउन बाँकी छ।

    नेपाल उद्योग वाणिज्य महासंघ नेपाल संस्थापक सदस्य रहने गरी बिम्सटेक चेम्बर गठन हुने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको संस्थापक सदस्य रहने गरी बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।

     

    आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुशी व्यक्त गर्दै  चेम्बरको विधान बनाइ तत्काल कार्यान्वयन गर्न आह्वान गरे ।बैठकमा भएको छलफल अनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । बिम्सटेक चेम्बरको अध्यक्षता वर्णानुक्रमअनुसार हुनेछ ।

    बंगलादेश अन्तरिम सरकार प्रमुख युनुस  शपथ लिन ढाका पुगि सके

    काठमाडौं । फ्रान्सको पेरिसबाट बंगलादेशको अन्तरिम सरकार प्रमुखमा मनोनित नोबेल पुरस्कार सम्मानित  मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । युनुस पेरिसबाट दुबई हुँदै ढाका पुगेका हुन् ।विमानस्थलमा बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु, अन्य सुरक्षा निकायका प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । विमानस्थलमा पत्रकारहरुलाई युनुसले आफू आभारी रहेको बताए ।

     

    स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश  छाड्न बाध्य पारेको  थियो ।युनुस नेतृत्वको १५ सदस्यीय सल्लाहकार परिषद्ले बिहीबार बेलुकी ८ बजे शपथ ग्रहण गर्ने बंगलादेशका सेना प्रमुख जमानले बताएका छन् ।

    ह्यारिसको निर्वाचन अभियानले ट्रम्पकोे ‘भीड अभियान’ लाई माथ गर्दै

    डेट्रोइट ।फिलाडेल्फियामा आफ्ना मनपर्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसका कुरा सुन्न करिब १४ हजार मतदाता चुनावी सभामा सहभागी भएको एक दिनपछि बुधबार विस्कन्सिनको इउ क्लेयरमा भएको प्रदर्शनमा हजारौँ समर्थकको सहभागितामा करिब एक किलोमिटरभन्दा बढी लामो भीड भेला गरी यस पहिले रिपब्लिकन पार्टीका नेता ट्रम्पले निर्वाचनमा आफूप्रतिको अमेरिकी जनताको आकर्षण पुष्टि गर्ने गरेको एउटा प्रमुख आधारलाई चुनौती दिन सफल हुनुभएको छ । 

     

    डोनाल्ड ट्रम्पको चुनावी अभियानका कार्यक्रमहरूमा यस्तो सहभागिता सामान्य मानिन्छ तर यी उत्तेजक र आक्रामक नाराबाजीसहितको जुलुस पूर्वराष्ट्रपति ट्रम्पका लागि नभई वर्तमान् उपराष्ट्रपति कमला ह्यारिसको अभियानको समर्थनमा निकालिएको थियो । ह्यारिस अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ट्रम्पको प्रतिद्वन्द्वी हुनुहुन्छ ।

    दशैँ र तिहारलाई लक्षित गर्दै भारतबाट  १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान

    काठमाडौं । भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गर्न प्रस्ताव आह्वान गरिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म÷कम्पनीसँग सो प्रस्ताव आह्वान गरेको हो ।

     

    बुधबार आह्वान भएको सूचना सार्वजनिक भए अनुसार पाँच दिनभित्र यस्ता कम्पनीले चिनी आयातका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ । १९ हजार टनभन्दा बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २ हजार ६ सय टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँट गरिने समेत विभागले सो सूचनामा जनाएको छ ।

    ठूलो मात्रामा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना  पक्राउ ,उनीहरूलाई राजश्व अनुसन्धान विभाग पठाइयो

    काठमाडौं । प्रहरीले  ठूलो मात्रामा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जनालाई  पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दीपेश भुसाल    थाई एअरवेजको उडानमार्फत काठमाडौंबाट बैंकक जान लागेका बेला बुधबार विमानस्थलबाट पक्राउ परेका हुन् ।

     

    महेशको साथबाट १६ हजार ५५० युरो, १० हजार ९०० क्यानडियन डलर बरामद भएको छ । मावनको साथबाट ८ हजार ९५० युरो, ३ हजार ६६० थाई भाट बरामद भएको छ ।यसैगरी  दीपेशको साथबाट १३ हजार ४ सय युरो, २ हजार ४०० स्वीस फ्रान्क, ४ हजार ५00 क्यानडियन डलर, १८ हजार साउदी रियाल, २ हजार थाई भाट र ४ लाख ९० हजार जापनिज येन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    पुटिनलाई पक्राउ गर्न आग्रह

    मेक्सिको सिटी ।मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।

     

    पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।

    युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पूर्र्जीको पालना गर्नेछ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्रसङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस