काठमाडौँ । चौथो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्तको खुद नाफा बढेको छ । १ वर्षको अवधिमा यसको खुद नाफा ६०.८५ प्रतिशतले बढेर ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी ५६.०२ प्रतिशतले बढेर १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३ हजार २६ प्रतिशतले बढेर ५ करोड ९३ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २२ पैसा छ ।