Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेशनल लघुवित्तको खुद नाफा ५७.८८ प्रतिशतले बढ्यो


नया सडक

२०८१, साउन २५ शुक्रबार

  • 342
    Shares

  • नेशनल लघुवित्तको खुद नाफा ५७.८८ प्रतिशतले बढ्यो

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५७ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू २१ करोड ५९ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू ३४ करोड ९ लाख पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

    अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५१ प्रतिशत र खुद ब्याज आम्दानी ७५ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू ३१ करोड ५ लाख रहेकोमा गत आवमा बढेर रू। ४७ करोड १६ लाख पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवमा रू। ६५ करोड ९९ लाख रहेकोमा गत आवमा बढेर रू। १ अर्ब १५ करोड पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस