Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २५ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, साउन २५ शुक्रबार

  • 378
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २५ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २५ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    नेपाल विद्युत्  प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड

    काठमाडौँ । कार्यकारी घिसिङका अनुसार आर्थिक वर्ष २०७२र७३ मा रु आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । आर्थिक वर्ष २०७३र७४ मा रु एक अर्ब ५० करोड खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा रु १३ अर्ब ३१ करोड नाफा पुगेको छ । आठ वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रु ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ ।

    विद्युत्को महसुल तीन पटक गरी करिव २५ प्रतिशत घटाए पनि नाफामा बृद्धि भइरहेको उल्लेख गर्दै कार्यकारी घिसिङले प्राधिकरणका करिब कूल ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क रु ३० मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले  सिँचाइका लागि प्रतियुनिट रु दुईमा विद्युत् उपलब्ध छ भने लिप्mटिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको बताउनुभयो । 

    “विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ,” कार्यकारी घिसिङले भन्नुभयो, “यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायित्वलाई पूरा गरिरहेका छौँ ।”

    सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

    काठमाडौँ । जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ ।

     

    समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन तीन प्रमुख दल एक ठाउँमा उभिनु सकारात्मक भएपनि विधयकका केही त्रुटि सच्च्याउनुपर्नेमा जोड दिइएको 

         कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लङ्घनको परिभाषा र वर्गीकरण तथा सजाय घटाई अभियोजनलगायत विषय संशोधन गर्नुपर्ने समितिको माग छ ।

    अपराधको गाम्भीर्य बढाउने र घटाउने अवस्थाको स्वतन्त्र न्यायिक मूल्याङ्कन गरी सजाय निर्धारण गर्न सक्ने अधिकार अदालतलाई दिने गरी विधेयकमा भएको व्यवस्थालाई समितिले तोडमोड गरेको समितिले जनाएको छ ।

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

    काठमाडौं ।  प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सो कार्यका लागि  धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

     

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन  गर्नेछ । बिहीवार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

    नेशनल लघुवित्तको खुद नाफा ५७.८८ प्रतिशतले बढ्यो

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

     

    उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५७ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू २१ करोड ५९ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू ३४ करोड ९ लाख पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

    सिटिजन्स बैंकको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार  बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

    कालिका लघुवित्तको खुद नाफा १३४.०३ प्रतिशतले बढ्यो

    काठमाडौं  ।चौथो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको खुद नाफा ह्वात्तै बढेको छ । यसअवधिमा खुद नाफा १३४.०३ प्रतिशतले बढेर ६ करोड ३१ लाख २५ हजार रुपैयाँ पुगेको छ ।इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा यसको खुद नाफा ह्वात्तै बढेको हो । यसअवधिमा २ करोड ७८ लाख ५७ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ ।
    खुद ब्याज आम्दानी सामान्य मात्रै बढेको छ । १ वर्षमा खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले बढेर २५ करोड ५० लाख ९ हजार रुपैयाँ पुगेको छ । 

    असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ छ । यसको वितरणयोग्य नाफा ३ करोड ४४ लाख ९८ हजार रुपैयाँ देखिएको छ ।

    नागरिक लगानी कोषको खुद नाफा ९.९१ प्रतिशतले घट्यो

    काठमाडौं  नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत कम हो ।

     

    यसको खुद ब्याज आम्दानी भने १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख पुगेको छ । चक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको कोषको जगेडामा १८ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी २०.७५ रुपैयाँ रहेको छ ।

    “सनराइज फस्ट म्युचुअल फण्ड” र “सनराइज फोकस्ड इक्विटी फण्ड” ले प्रतिफल वितरण गर्ने

    काठमाडौँ । “सनराइज फस्ट म्युचुअल फण्ड” का इकाईधनीहरुले कर सहित १२.५% प्रतिफल र “सनराइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुले कर सहित ४.५% प्रतिफल पाउने भएका छ ।
    लक्ष्मी सनराइज क्यापिटको व्यवस्थापनमा रहेका दुई फण्डका इकाईधनीलाई लाभांश वितरण गर्ने भएको हो । योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    सुनको मूल्य तोलामा १,५०० ले बढ्यो ,  प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँ

     काठमाडौँ ।  आज  सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी भने प्रतितोला ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ७३० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी तोलामा एक हजार ६९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको नामावली सार्वजनिक, हेर्नुहोस को को परेका छन्

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले  कालोसूचीमा राखेका  निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूको नामावली सार्वजनिक गरेको छ ।

     

    समयमा जिम्मा लिएको निर्माण काय पूर्रा  नगरेको, पटक पटक पत्र पठाउँदा पनि अटेर गरेको कम्पनीहरुलाई कालोसूचीमा राखिएको  निर्णय गरिएको हो । 

    कालोसूचीमा राखिएका कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म निर्माण प्रक्रियामा सहभागी हुन नपाउने  गरी निर्णय गरिएको  सो सूचनामा उल्लेख छ।

    पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

    गोदावरी । मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । 

     

    संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गर्नुभएको थियो । प्रवचनका क्रममा आचार्य कृष्णले भन्नुभयो, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।”

    प्रक्रियामा नआई बिल तिर्दिन भन्नै मिल्दैन : कार्यकारी निर्देशक घिसिङ

    काठमाडौँ । पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा कुनै गुनासो रहेको भए प्राधिकरणकै पुनरावलोकन समिति समक्ष निवेदन दिनुपर्नेमा उद्योगीहरूले त्यसो नगरेको जनाएको छ । 

     

    “पुनवरालोकन समितिमा नआउने, अदालतले पनि बिल उठाउ भनेको अवस्थामा राज्यको राजस्व छाड्ने र छुट दिने भन्ने हुँदैन, हामी छुट दिन सक्दैनौँ,” प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “लोडसेडिङको समयमा सुविधा लिएका उद्योगलाई कानुनअनुसार बिल काटेको र त्यसको प्रमाण सुरक्षित रहेको छ ।”

    ४ करोड ८६ लाख भन्दा बढीको इलेक्ट्रोनिक भेप  (Vape ) वीरगञ्जबाट पक्राउ

    पर्सा  । पर्सा प्रहरीले ४ करोड ८६ लाख भन्दा बढी इलेक्ट्रोनिक भेप पक्राउ गरेको छ ।प्रहरीले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नं.६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरबाट उक्त इलेक्ट्रोनिक भेप पक्राउ गरेको हो ।

     

    पर्सा प्रहरीले जनाए अनुसार बैरेको घरमा कोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको भेप (Elfbar Raya D3 25000 Puffs ) पक्राउ गरेको छ ।  

    भेप ७६ कार्टुनमा प्रति कार्टुन २०० पिसका दरले जम्मा १५,२०० पिस रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भेपको अन्दाजी मूल्य चार करोड छयासी लाख चौबीस हजार आठ सय रहेको छ ।प्रहरीका अनुसर बरामद गरिएको  भेप बारे थप अनुसन्धान भइरहेको छ

    आर्थिक मन्दिको असर :  म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

    म्याग्दी ।  म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर  बढेको छ । आर्थिक वर्ष २०७९÷८० को तुलनामा २०८०÷८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ । 

     

    आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८०/ ८१ मा ३१ उद्योग र ५३ व्यवसायिक फर्म खारेज भएका हुन् ।   आव २०७९/८० मा १४ उद्योग र २९ व्यवसायिक फर्म खारेज भएका थिए । सो अवधीमा एक सय एक वटा उद्योग र एक सय १० वटा ब्यवसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषानाथ शर्माले बताउनुभयो ।

    १७ अर्ब भारतीय अनुदानमा पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता छिट्टै हुने

    काठमाडौं । भारतको १७ अर्बको अनुदान सहयोगमा पेट्रोलियम पाइपलाइनको निर्माण हुने भएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारी र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हर्दिप एस पुरीबीच यस विषयमा छलफल भइ सम्झौता गर्न सहमति बनेको हो ।

     

    दुवै देशका मन्त्रीहरूबीच भएको सो छलफलबारे जानकार स्रोतले जनाए अनुसार केही दिन भित्र यो सम्झौतामा हस्ताक्षर हुने भएको छ ।यसअघि पेट्रोलियम पाइपलाइन परियोजनाबारे नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र इन्डियन आयल कर्पोरेशन(आईओसी) का अध्यक्षबीच भएको छलफलमा पनि सम्झौताबारे सहमति भएको थियो ।

    दुवै देशका आयल निगमका अधिकारीबीच गत जुन २७ मा १७ अर्बको पाइपलाइन योजाना भारतले अनुदानमा बनाइदिने सहमति बारे छलफल भएको थियो।

    श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । 

     

    आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिनुभयो । 

    “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”, उहाँले भन्नुभयो । सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताउनुभयो ।

    श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताउनुभयो ।

    आज नागपञ्चमी, नाग पूजा गरिँदै

    काठमाडौँ ।प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

            नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

    अमेरिकी डलरको भाउले बनायो आज पनि अर्को नयाँ रेकर्ड

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।बिहीबार १३४ रुपैयाँ ६४ पैसा पुगेको डलरको बिक्रीदर यस दिन १३४ रुपैयाँ ६५ पैसा पुगेको छ। यस दिन डलरको खरिददर १३४ रुपैयाँ ५ पैसा पुगेको छ। 
    यस दिन युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १४७ रुपैयाँ १४ पैसा पाइन्छ।
    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा तोकिएको छ।

     

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८८ रुपैयाँ २४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९५ पैसा पाइन्छ।

     

    प्रतिक्रिया दिनुहोस