Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

कर्णाली राजमार्ग पुनःअवरुद्ध


नया सडक

२०८१, साउन २७ आइतबार

  • 297
    Shares

  • कर्णाली राजमार्ग पुनःअवरुद्ध

     

    मान्म । कर्णाली राजमार्ग पुनःअवरुद्ध भएको छ । राजमार्गअन्तर्गत जुम्ला सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको हो । 

     

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आज बेलुका पुनः पहिरो गएर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताउनुभयो । अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । 

     

    शनिबार कर्णाली राजमार्गको कालिकोट सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध बनेको सडक आज बिहानबाट सञ्चालनमा आएको थियो ।  वर्षा सुरू भएयता गगने खोला र एस मोडमा मात्र नौ पटक पहिरो खसेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस