काठमाडौं । आइतबार साताको पहिलो दिन सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा आएको छ । सोमबार अहिलेसम्मकै उच्च २७ अर्ब २४ करोडभन्दा बढीको कारोबार भएको हो ।
यस दिन ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २२ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल फाइनान्स परेका छन् ।