Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने


नया सडक

२०८१, साउन २८ सोमबार

  • 531
    Shares

  • हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने

     

    काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनःसुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नोे सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो ।

           

    यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो ।

     

    काठमाडौँ–कुवेत–काठमाडौँमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट ९जिएसए० पार्टनरका रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छ ।

     

    सुरुआतमा, एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ हवाईमार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । काठमाडौँ–कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत–काठमाडौँ उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस