Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 387
    Shares

  • अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो

    काठमाडौं ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २६ करोड २७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले, गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ लाख २२ हजार रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५७.२७ प्रतिशत कम हो।

    विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८८।४३ प्रतिशत घटेर ५८ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.१३ प्रतिशत घटेको छ भने अन्य आम्दानी ६४.८९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ३।७२ प्रतिशत घटेको छ।

    असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस