Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

मातृभूमि लघुवित्तको खुद नाफा ५८७ प्रतिशतले बढ्यो


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 393
    Shares

  • मातृभूमि लघुवित्तको खुद नाफा ५८७ प्रतिशतले बढ्यो

    काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशत धेरै हो ।
    संस्थाको खुद ब्याज आम्दानी २४ करोड ६२ लाखबाट बढेर ३० करोड ९९ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।  संस्थाको ४ करोड २० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स पनि भएको छ । जसकारणले नाफामा सुधार आएको हो ।  

    चुक्ता पुँजी ६२ करोड ८३ लाख ५७ हजार रुपैयाँ रहेको यस लघुवित्त जगेडा कोषमा ६३ करोड २४ लाख रुपैयाँ जम्मा रहेको छ । यता, वितरणयोग्य नाफा १० करोड ५८ लाख रुपैयाँ देखिएको छ । संस्थाको प्रतिसेयर आम्दानी १२।७१ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २१७.५० रुपैयाँ छ । एनपीएल ९.८५ प्रतिशत कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस