Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २९ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 414
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २९ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २९ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    सन नेपाल लाइफको ७६ लााख १६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

     

    कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

    कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३ दशलमव ८० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    ङादी ग्रुप पावरको खुद नाफा ६२.४४ प्रतिशतले घट्यो

    काठमाडौं ।ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ६२.४४ प्रतिशत कम हो ।

    यसको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । उक्त आम्दानी १२ करोड ३५ लाखबाट घटेर १२ करोड १२ लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च ३ करोड २२ लाख रुपैयाँबाट बढेर ३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । प्रशासनिक खर्च ७४ लाखबाट बढेर १ करोड ६३ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा दबाब परेको हो । 

    १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ङादीको रिटेन्ड अर्निङ १७ करोड ७० लाख रुपैयाँ रहेको छ ।

    एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आज साउन २९ गतेदेखि १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमा खुला गरेको हो । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । 

    यसमा भदौ ६ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

    शेयर बजार : नेप्से परिसूचक ८.१८ अंकले घटेर  २९२३.४६ विन्दुमा ,२१ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ८.१८ अंकले घटेर  २९२३.४६ विन्दुमा आएको छ । आज साढे २१ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ५ वटा समूहका सूचक हरिया देखिएका छन् ।

     

    यस दिन ३३२ कम्पनीको ५ करोड २७ लाख कित्ता सेयर कारोबार भएको छ । करिब ८२ करोड रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।

    सानिमा बैंकको ३८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले ३८ हजार ४५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गुर्नपर्नेछ ।

     

    प्रतिकित्ता १४५ रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

    मातृभूमि लघुवित्तको खुद नाफा ५८७ प्रतिशतले बढ्यो

    काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशत धेरै हो ।
    संस्थाको खुद ब्याज आम्दानी २४ करोड ६२ लाखबाट बढेर ३० करोड ९९ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।  संस्थाको ४ करोड २० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स पनि भएको छ । जसकारणले नाफामा सुधार आएको हो ।  

     

    चुक्ता पुँजी ६२ करोड ८३ लाख ५७ हजार रुपैयाँ रहेको यस लघुवित्त जगेडा कोषमा ६३ करोड २४ लाख रुपैयाँ जम्मा रहेको छ । यता, वितरणयोग्य नाफा १० करोड ५८ लाख रुपैयाँ देखिएको छ ।

    यसकारण आरम्भ चौतारी लघुवित्तको नाफामा सुधार

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तले ४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ६ करोड ५ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब कर्जा भारी मात्रामा घटाउँदा नाफा बढ्न पुगेको छ । 

     

    अघिल्लो वर्ष १०.५८ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले घटेर ३.०७ प्रतिशतमा झरेको छ ।  कम्पनीको सञ्चालन नाफा पनि ६०.६७ प्रतिशतले बढेर ६ करोड २१ लाख रुपैयाँ कायम भएको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ ।
    आरम्भ चौतारी लघुवित्तले ४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ६ करोड ५ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब कर्जा भारी मात्रामा घटाउँदा नाफा बढ्न पुगेको छ ।

    अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो

    काठमाडौं ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २६ करोड २७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले, गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ लाख २२ हजार रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५७.२७ प्रतिशत कम हो।

     

    विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८८।४३ प्रतिशत घटेर ५८ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.१३ प्रतिशत घटेको छ भने अन्य आम्दानी ६४.८९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ३।७२ प्रतिशत घटेको छ।

    नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ३०.८१ प्रतिशतले बढ्यो

    काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत र कुल आम्दानी १२.३४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १२.६५ प्रतिशत बढेको छ भने कुल खर्च ११.५८ प्रतिशत बढेको छ।

     

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ

    काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा सडक भासियो ,यातायात सञ्चालनमा रोक

    नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

     

    विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    केसीको कार्यसमितिलाई आधिकारिकताको हल्ला मात्रै, घलेले नै एकताको महाधिवेशन गराउने

    काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ११ औँ महाधिवेशनबाट  डा बद्री केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिने  फैसला गरेको हल्ला फैलाइए पनि उक्त पुर्ण पाठमा उक्त कुरा प्रस्ट भएको छैन । 
    एनआरएनएको विवादमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले साउन २२ गते गरेको फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले केसीले अध्यक्षको रुपमा काम कारबाही गर्न पाउने ठहर गरेको बताईएको छ  । सर्बोच्चले परराष्ट्रले तेति बेला केसि नेतृत्वको कार्यसमितिलाई कार्य गर्न रोक लगाएको पत्र मात्रै खारेज गरेको एक अधिबक्ताले बताए । उनले सर्बोच्चको अघिल्लो निर्णयअनुसार नै घलेले एकता अधिवेसन गर्ने बताए ।

    काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

    मलेखु ।पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।
     
    ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए।एम।एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो ।

    विभिन्न नियुक्तिसहितका यी हुन मन्त्रिपरिषद्का निर्णयहरू

    काठमाडौँ । सरकारले नेपाल पारवहन तथा गोदाम कम्पनीमा खाली रहेको  महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गरेको छ । साउन २८ गते बसेको मन्त्रिपरिषद्का  बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी सार्वजनिक गरेका हुन् ।

     

    यसैगरी बैठकले गरेको अन्य निर्णयहरूमा एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब  ९९ करोड) अनुदान स्वीकार गर्र्नेे सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको रहेको छ ।

    राजस्व अनुसन्धान विभागद्वारा १२अर्ब बढीको बिगो सजाय मागदाबी गरी मुद्दा दायर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा राजस्व चुहावट तर्फ बिगो र सजाय मागदाबी गरी १२ अर्ब १० करोड २० लाख बढीको मुद्दा दायर गरेको छ ।आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्म राजस्व चुहावटतर्फ ८२ जनालाई प्रतिवादी बनाइ राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।विभागले जनाए अनुसार बिगो रकम रु ६ अर्ब ५ करो १० लाख र सजाय मागदबी रकम ६ अर्ब ५ करोड १० लाख  समेत कुल बिगो १२ अर्ब १० करोड २० लाख कायम गरी राजस्व चुहावट तर्फ मुद्दा दायर गरिएको छ ।

     

    यसैगरी विदेशी विनिमय अपचलनतर्फ विभागले १६४ जना प्रतिवादी उपर ८८ मुद्दामा गरी करिब दुई अर्बको बिगो  र सजाय मागदाबी कायम गरी मुद्दा दायर गरेको छ ।

    नकली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाबाट हल्ला पिटेजस्तो ‘हाइप्रोफाइल कनेक्शन’  फेला परेन

    काठमाडौं । नकली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाबाट हल्ला पिटेजस्तो ‘ हाइप्रोफाइल कनेक्शन’ फेला परेको छैन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले झामाथि  करिब डेढ महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन राय सहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

     

    सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर मंगलबार नै मुद्दा दायर गर्ने तयारी गरेको जनाउँदै स्रोतले हल्ला पिटेजस्तो ‘हाइप्रोफाइल कनेक्शन’ डिगआउट हुन नसकेको बताएको छ ।असार १४ गते झालाई नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले भारतबाट झिकाएर कञ्चन्पुर हुँदै काठमाडौं ल्याएको थियो। झा पक्राउ परेसँगै राजनीतिक  वृत्तदेखि प्रहरी प्रशासनमा समेत हलचल आएको थियो । झा पक्राउपछि नै सरकार फेरिने सत्तागठन्धन बनेपछि  नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले हाइप्रोफाइल कनेक्शन जान सक्ने पहिरो रोक्न नयाँ गठबन्धन गरिएको आरोप लगाएका थिए।

     

    प्रतिक्रिया दिनुहोस