Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेपाल टेलिकमको खुद नाफा १६.४४ प्रतिशतले घट्यो


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 333
    Shares

  • नेपाल टेलिकमको खुद नाफा १६.४४ प्रतिशतले घट्यो

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको त्रैमासमा ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा अघिल्लो वर्ष यसैअवधिको तुलनामा १६.४४ प्रतिशतले ले थोरै हो ।
    असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी पनि घट्न पुगेको छ । अघिल्लो वर्ष ३६ अर्ब २७ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले भने घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ । वित्तीय आम्दानी पनि ७ अर्ब ७७ करोडबाट घटेर ६ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो । 

    टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ३७ करोड २९ लाखबाट बढेर ६७ करोड ४० लाख रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५५२ रुपैयाँ ४३ पैसा रहेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस