काठमाडौँ ।सीवाइसी नेपाल लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ ।यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.७२ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३१.८२ प्रतिशतले घटेको छ ।
चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङ र रिजर्भ कोषमा भने ३२ करोड ६८ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा २.९६ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।